‘स्न्यापअन’ ब्राण्डको ग्यारेज उपकरण नेपाली बजारमा आएको छ।
श्रेष्ठ इन्टरनेशनल ट्रेडिङ्ग कन्र्सन आधिकारिक वितरक भई उपकरण बजारमा ल्याएको हो।
ग्यारेजलाई चाहिने अत्याआवश्यक उपकरणहरु ‘ब्लु पोइन्ट टुल्स्, जोन बिन् हफमेन’ र ‘बाको कटिङ्गसस्’ उत्पादन यस कम्पनीले गर्दै आएको छ ।
‘हाल ग्यारेजको लागि चाहिने सम्पूर्ण औजारहरु हामीले नेपाली बजारमा भित्राएको छौं’ श्रेष्ठ इन्टरनेशनलका प्रबन्ध निर्देशक दिनेश श्रेष्ठले भने।
उनका अनुसार पुरानो प्रबिधि अनुसार कार व्हील एलाइन गर्न २० मिनेट लाग्छ भने नयाँ प्रबिधीलाई प्रयोगमा ल्यासकेपछि १ मिनेटमा सकिन्छ। यो प्रबिधिलाई ग्यारेजले प्रयोग गर्न सके एकै दिनमा २०० वटा कारको एलाइन्मेन्ट गर्न सकिने श्रेष्ठले बताए।
यो प्रबिधि अपनाएको खण्डमा सस्तो पर्न जाने र अर्को तर्फ उचित तरिकाले टायरको एलाइन्मेट गर्न सकिने तथा टिकाउपन लामो समयसम्म हुने उनको भनाइ छ।
स्न्यापअन कम्पनीका उत्पादन बढि सुरक्षित, गुणस्तरिय र आधुनिक प्रबिधिमैत्री रहेकाले चीन र भारतसहित विश्वका ३६ वटा प्लान्टहरुबाट यसको उत्पादन भइरहेको छ।