नुवाकोटको बिदुर–४ स्थित बट्टारमा महिन्द्राले नयाँ आधिकारीक बिक्री–कक्ष संचालनमा ल्याएको छ।
‘कला मोटर्स’ को नाममा संचालित उक्त बिक्री–कक्षले महिन्द्राका ग्राहकलाई बिक्री र मर्मत सम्बन्धी सेवाहरू प्रदान गर्नुका साथै स्पेयर पार्टसहरू उपलब्ध गराउनेछ।
अग्नि समूहका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, प्रदेश सभा सदस्य माननिय हिरानाथ खतिवडा र जिल्ला समन्वय प्रमुख सन्तमान तामाङ्गले एक कार्यक्रमका बीच बिक्री–कक्षको सामुहिक उदघाटन गरे।
नुवाकोट र आसपासका क्षेत्रका ग्राहकलाई कम्पनीमा सिधा पहँुच र गुणस्तरीय सेवाहरू सुलभ तथा कम खर्चिलोमा पुर्याउने उद्देश्यले शोरुम संचालनमा ल्याइएको अग्नी ग्रुपले जनाएको छ।
सन् १९९१ मा स्थापना भएको अग्नि समूह नेपालका लागि महिन्द्राका सवारी साधन तथा वाहनहरु, ट्रयाक्टरहरू, दुइपांग्रे सवारी साधनहरू, विद्युतीय कारहरू र जेनेरटरहरूको अधिकृत वितरक हो। अग्नि समूहअन्तर्गत अग्नि इन्कर्पोरेटेड, अग्नि एनर्जी, अग्नि मोटो इन्क र बालाजु अटो वक्र्स पर्दछन्।