विश्वभर सप्टेम्बर महिनालाई फोर्ड क्यारिङ मन्थको रुपमा मनाइँदै आएको छ र यस वर्ष पनि १३ औँ फोर्ड ग्लोवल क्यरिङ मन्थ विश्वभर मनाइँदै छ । यसमा विश्वभर फोर्डमा काम गर्ने हजारौँ कर्मचारी, भूतपुर्व कर्मचारी र सर्वसाधारण जसलाई “फोर्ड स्वयँसेवक कोप्र्स ” सहभागी हुने यो कार्यक्रम नेपालमा पनि मनाइएको छ।
गाडी उत्पादक कम्पनीले मनाउने यो उत्सव नेपालमा पनि सप्टेम्वर २८ र २९ का दिन राउण्ड टेबल नेपालको सहकार्यमा जि.ओ. फोर्ड नेपालका ३० जना स्वयंसेवकले नुवाकोटको ग्रामिण भेग, रातमाटेमा रहेको शिला देवी स्कुलमा आधारभुत स्वास्थ्य सम्वन्धि जानकारीका साथै ९ वटा शौचालय बनाई हस्तान्तरण गरिएको नेपालका लािग फोर्डका आधिकारीक कम्पनीले जानकारी दिएको छ । उक्त अवसरमा विद्यार्थीहरुलाई आधारभुत स्वास्थ्य शिक्षा सम्वन्धि जानकारी दिने देखि हात धुने तरिका वालवालिकाहरुको लागि कथा वाचन, स्वास्थ्य सम्वन्धि सरसामानहरु हस्तानतरण गरिएको थियो।