यातयात व्यवस्था विभागले असोज २४ देखि ३१ गतेसम्मका लागि ठुला सवारीसाधानलाई चितवनको नारायणघाटदेखि काठमाडौंसम्म प्रवेसमा रोक लगाएको छ। मल्टी एलेकस ट्र्याक्टरलाई उक्त अवधिमा काठमाडौं प्रवेशमा रोक लगाउने विभागले निर्णय गरेको हो।
दसैको मुखमा काठमाडौंबाट बाहिर जाने सवारीसाधनको चाप धेरै हुने र त्यसमा ठुला सवारी पनि आउँदा जाम धेरै हुने भएको रोक लगाइएइको विभागले जानकारी दिएको छ।
विशेषगरी कन्टेनर बोकेर ल्याउने ठुला ट्रकलाई काठमाडौं आउन रोक लगाइएइको विभागले जानकारी दिएको छ।
त्यस्तै यो अवधिमा सबै गाडीको लागि रुट परमिट खुल्ला गरिएको विभागले जानकारी दिएको छ।