महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल तथा स्कुटरको पछाडि चढ्नेले पनि अनिवार्य हेल्मेट लगाउने पर्ने कानुनी व्यवस्थाको तयारी भैरहेको जनाएको छ।
आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी महाशाखाले पछाडि बस्नेले हेलमेट लगाए दुर्घटनामा कमी आउने दाबी गरेको छ। दुर्घटनामा मृत्यु हुनेमध्ये ९६ प्रतिशत मोटरसाइकल र स्कुटर सवार व्यक्ति हुने गरेको महाशाखा प्रमुख बसन्त पन्तले बताए।
‘तुलनात्मक रूपमा दुइपांग्रे सवारी दुर्घटना धेरै हुने र त्यसमा पनि पछाडि बसेकाको हेड इन्जुरी भई ज्यान जाने गरेकोले पछाडि बस्नेले अनिवार्य हेल्मेट लगाउनु पर्ने कानुनी व्यवस्था प्रस्ताव गरेका हौं,’ उनले भने।
आउँदो ६ महिनाभित्र यो नियम कार्यान्वयन आउने उनले जानकारी दिए।
दुईपंग्रे सवारी साधनमा चढ्ने दुबै जनालाई हेल्मेट अनिवार्य गराउँदा कुनै झन्झट नहुने महाशाखाको भनाइ छ।
हामीले मोटरसाइकल र स्कुटर चालकहरूलाई ल्याउन लागिएको नयाँ नियम कस्तो लाग्यो?,’ भनेर सोधेका छौं।
हेरौं उनीहरूको जवाफ :