रेनो गाडीको बितरक एडभान्स अटोमोबाईल प्रालिले ‘रेनो बजेट अघि बेनिफिट’ अफर ल्याएको छ। बजेटअघि ग्राहकलाई लाभ दिने उद्देश्यले कम्पनीले यस्तो अफर ल्याएको हो।
जसअन्तर्गत बजेट भाषण हुनु अगाडि नै रेनो गाडी बुकिङ अथवा खरिद गरेर ग्राहकले विभिन्न लाभहरु उठाउन सक्नेछन्।
५ लाखसम्मको नगद छुट, निशुल्क रोड कर, तुरुन्त एक्सचेन्ज तथा ५ वर्षसम्मको वारेन्टीजस्ता सुविधा यस अफरमा दिइने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो अफर रेनो ब्राण्ड गाडीहरु केडब्लुआईडी, डस्टर र क्यापचरमा सिमित अवधिका लागि उपलब्ध हुनेछ।