सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक बितरक भिजी अटोमोबाइल्सले मेगा एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ।
योजना यही १९ गतेसम्म शुजुकीका देसभरका शोरुममा चल्ने आयोजकले जनाएको छ। योजनामा कुनै पनि ब्रान्डका मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरि सुजुकीको. मोटसाइकल तथा स्कुटर खरिद गर्न सकिने छ।
कम्पनीका अनुसार गुडाउन नसकिने जस्तोसुुकै पुराना दुई पाङ्ग्रे सवारीलाई पनि बजार मूल्य भन्दा थप १५ हजार रुपैयाँ दिइने छ।
समय अनुसारका आधुनिक बाइक तथा स्कुटर दिने र पुरानाको उचित मूल्याङ्कन हुने भएकाले मेला ग्राहकका लागि फाइदाजनक हुने कम्पनीको भनाइ छ।