अप्रिलियाले आफ्नो ‘स्र्टोम १२५’ भारतमा सार्वजनिक गरेको छ।
कम्पनीले यसको मूल्य ६५ हजार (भारु) रुपैयाँ तोकेको छ। अप्रिलियाले स्टोर्म १२५ को अटो एक्सपो २०१८ मा गरेको थियो।
अटोकार इन्डियाको रिपोर्टका अनुसार अटो एक्सपो २०१८ मा प्रश्तुत गरेको ‘स्र्टोम १२५’ भन्दा नयाँ अप्रिलिया स्र्टोम १२५ को प्रोडक्सन मोडलमा केही परिवर्तन गरिएको छ। नयाँ स्कुटरमा १० इन्चको चक्का राखिएको छ,जुन भेस्पाको मोडलमा पनि राखिएको छ।
ब्रेकिङको लागि यसमा रियल र फ्रन्टमा ड्रम बक्स दिइएको छ। यसमा सिबिएसको सपोर्ट पनि राखिएको छ। भारतीय बजारमा यो नयाँ स्कुटरको प्रतिस्पर्धा टिभिएस एन्टर्क, होन्डा ग्राजियासँग रहेने जनाइएको छ।