विद्युतीय बस सञ्चालनमा ल्याइने भएको छ।
संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यातायात क्षेत्रमा नविकरणीय उर्जाको प्रयोग गरी सहरी क्षेत्रको वायु प्रदूषण कम गर्न विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गरिने बताए।
उनले काठमाडौं उपत्यका र सातै प्रदेशका प्रमुख सहर र आसपासका क्षेत्रहरूमा नेपाल सरकार प्रदेश र स्थानीय तह र निजी क्षेत्रको समेत सहभागितमा विद्युतीय बस सञ्चालनमा ल्याइने जानकारी दिए।
विद्युतिय सवारी साधनको प्रयोगलाई देशब्यापी बनाउन नेपाल विद्युत प्राधिकरणबाट पर्याप्त संख्यामा चार्जिङ स्टेसनहरू स्थापना गर्दै लैजाने बताए।