अर्थमन्त्री डा युवराज खतिवडाले देशका प्रमुख सहरहरुमा बहुतले बसपार्क र पार्किङ स्थल बनाइने बताएका छन्।
संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक सवारी साधनको प्रभावकारी व्यवस्थापन गर्न देशमा प्रमुख सहरहरुमा सार्वजनिक निजी साझेदारीमा बहुतले बसपार्क र पार्किङ स्थल बनाइने बताएका हुन्।