ललितपुरको कुपन्डोल स्थित सर्भिस सेन्टरबाट अग्नि इनर्जीले ३ दिने निःशुल्क सर्भिस क्याम्पको व्यवस्था मिलाएको छ।
‘विश्व वातावरण दिवस २०१९’ को अवसर पारी कम्पनीले निःशुल्क सर्भिसिङ्गको व्यवस्था मिलाएको हो । निःशुल्क सर्भिस यही जुन महिनाको ५ तारिखदेखि ७ तरिखसम्म रहने छ।
सर्भिस क्याम्पबाट जेन्यून स्पेयरपार्ट तथा गुणस्तरीय सेवा उपलब्ध हुने कम्पनीको दाबी छ। यहाँबाट ग्राहकलाई सवारी सञ्चालन सम्बन्धी उचित सल्लाह पनि प्रदान गरिनेछ । सर्भिस सेन्टरबाट सम्पूर्ण विद्युतीय सवारीको सर्भिसिङ्ग हुने कम्पनीको भनाइ छ।
‘विद्युतीय सवारीका वातावरण तथा मानिसका लागि थुप्रै फाइदाहरु छन्। विद्युतीय सवारी पेट्रोल र डिजेल सवारीको तुलनामा कम मर्मत खर्च लाग्दछ,’ अग्नि इनर्जीका वरिष्ठ कार्यकारी प्रबन्धक प्रमोद भण्डारीले भने, ‘विद्यूतीय सवारीबाट १ किलोमिटर दूरीको लागि जम्मा १ रुपैयाँ खर्च हुन्छ। जुन कुरामा आम उपभोक्ताहरु अनभिज्ञ छन्।’
सर्भिस क्याम्पले ग्राहक र कम्पनीबीच अझ प्रगाढ सम्बन्ध बनाउने कम्पनीले बताएको छ। अग्नि ग्रुप अन्तर्गत विद्युतीय सवारी साधनका लागि आधिकारीक वितरक अग्नि इनर्जीले नेपालमा महिन्द्रा विद्युतीय सवारी तथा जेनेरेटरहरु बिक्री वितरण गर्दै आएको छ।