इटालियन कम्पनी अप्रिलियाको आधिकारिक वितरक दुगड ब्रदर्स एण्ड सन्स प्रालीले अप्रिलिया स्ट्रोम सार्वजनिक गरेको छ। दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगर्डले अप्रिलिया स्ट्रोमको अनावरण गरेका हुन्।
यसमा १२४.५ सिसीको आधुनिक प्रविधिको थ्रि भल्व इन्जिन जडान गरिएकाले यात्रालाई शक्तिशाली तथा आरामदायी बनाउने कम्पनीको दावी छ।
१२४.५सिसीको यस स्कुटरले ७२५० आरपिएममा ९.५२ बिपिएच पावर र ६२५० आरपिएममा ९.९ एनएम टर्क जेनेरेट गर्छ।
अप्रिलिया स्ट्रोम इन्धन भण्डारण क्षमता ६.५ लिटर छ भने १६० मिलिमिटर ग्राउण्ड क्लेयरेन्सल अफरोडमा पनि उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीले जनाएको छ।
यसमा १२ इन्चको फराकिलो स्पोर्टस अलोयह्विल भएको टायर, एनालग स्पिडोमिटर, फ्यूल वार्निङ इन्डिकेटर लगायत समावेस छन्।
अप्रिलिया स्ट्रोम म्याट रातो र पहेंलो ग्राफिकमा उपलब्ध छ। कम्पनीले यसको मूल्य २ लाख २४ हजार ९ सय निर्धारण गरेको छ।
अप्रिलिया स्ट्रोमले नेपाली ग्राहकहरुको मन जित्नेमा आफू विश्वस्त भएको दुगड़ ब्रदर्स एण्ड सन्सका अध्यक्ष मोतीलाल दुगड़ले बताए। असार मसान्तसम्म अप्रिलिया स्ट्रोमको बिशेष मूल्यमा उपलब्ध भएको कम्पनीका उपाध्यक्ष विवेक दुगडले जानकारी दिए।
हाल भेस्पा÷अप्रिलिया २२ वटा बिभिन्न शाखा तथा डिलरहरु मार्फत बिक्री बितरण भइरहेको छ। त्यस्तै आगामी ६ महिनामै थप १० वटा नयाँ शहरहरुमा आफ्नो शाखा तथा डिलर संजाल बिस्तार गर्ने कम्पनीले जनाएको छ।
तस्वीर : निशा भण्डारी/सेतोपाटी