यातायात व्यवस्था विभागले विना दर्ता र नम्बर प्लेटका विद्युतीय सवारीसाधान सडकमा गुडाउन नपाइने व्यवस्था गरेको छ। यातायात व्यवस्था ऐनमा कुनै पनि सवारी साधन दर्ता विना चलाउन पाइदैन भन्ने व्यवस्थालाई विद्युतीय सवारीको हकमा पनि लागू हुने बताउँदै विभागले ट्राफिक प्रहरीलाई पत्राचार गरेको छ।
विभागले त्यसरी दर्ता विनाका सवारी भेटिए कानूनअनुसार कारबाही गर्न पनि जानकारी गराएको छ।