बाइक किन्ने योजनामा हुनुहुन्छ भने बाइक पुरानो वा नयाँ जस्तोसु्कै होस् दुबैका आफ्नै फाइदा र बेफाइदा हुनसक्छन्।
पुरानो बाइक किन्दा सस्तो हुनसक्छ तर यसलाई मेन्टेनेन्स गर्नु र खर्च दुवै चुनौति बन्न सक्छन्। नयाँ किन्दा बढी पैसा खर्च हुनसक्छन्।
त्यसैले हामीले पुरानो वा नयाँ दुवै किसिमका बाइक किन्दा यसका फाइदा र बेफाइदा बारे जान्नु फाइदाजनक हुनसक्छ।
नयाँ बाइक किन्नुका फाइदा
नयाँ बाइक किन्दा कम्पनीले निश्चित समयका लागि वारेन्टी दिन्छ। जसका कारण नयाँ बाइकमा कुनै समस्या आइहाले पनि हामीले त्यसका लागि टाउको दुखाइरनु् पर्दैन्। कम्पनीले रिपेयर गरिदिन्छ। नयाँमा समस्या आइहाल्ने संभावना पनि न्यून रहन्छ। बाइक जति चलाए आफैले चलाएकोमा हामी सन्तिुस्ट रहनसक्र्छौ।
नयाँ बाइक किन्दाका बेफाइदा
आफ्नो रोजेको ब्रान्ड र फिर्चस सहितको नयाँ बाइक किन्ने इच्छा सबैको हुन्छ। तर यो किन्दा पुराना बाइकको तुलनामा महंगो पर्छ। जुन हाम्रो बजेटले नभ्याउन सक्छ।
ट्याक्स, इन्स्योरेन्स खर्च आदि पनि यसमा जोडिन आउँछ। तर सामान्यतया बाइक किन्दा यो खर्चको बारेमा कुरा हुँदैन्। यो हाम्रा लागि अतिरिक्त खर्च हुनसक्छ।
पुरानो बाइक किन्नुका फाइदा
नयाँ बाइकको तुलनामा पुरानो बाइकको मूल्य कम हुन्छ। धेरै जसो पुरानो बाइकको इन्स्योरेन्स पनि सस्तो हुनेगर्छ। त्यसैले जो नयाँ राइडर हुनुहुन्छ, जसले भर्खरै बाइक चलाउन सिक्नुभएको छ, त्यसका लागि पुरानो बाइक किन्दा फाइदा हुनसक्छ।
राइडरलाई स्क्र्याच हुने, ड्यामेज हुने डर रहँदैन्।
पु्रानो बाइक किन्नुका बेफाइदा
पुरानो बाइक किन्दा सबै भन्दा ठूलो झन्जट हुन्छ यसलाई समय समयमा बनाउनको। यो नयाँको तुलनामा बिग्रिरहने संभावना धेरै रहन्छ। यसमा न कुनै वारेन्टी नै हुन्छ। किन्ने बित्तिकै इन्जिनमा समस्या आयो भने किन्न गरेको खर्च बराबर नै खर्च रिपेयरिङमा पनि गर्नुपर्ने हुनसक्छ्। फेरि कतै जाँदा बाटोमा बाइक बिग्रिनुको झन्जट छुट्टै छ।