अरु मौसमको तुलनामा बर्षाको समयमा गाडीलाई बिशेष रेखदेखको आवस्यक्ता पर्छ।
बर्षातको समयमा हुने हिलो, खाल्टाखुल्टिमा जमेको पानी लगायतका कारण भएको खराब बाटोले गाडीलाई नराम्रो असर पर्नसक्छ। त्यसैले बर्षातको मौसममा गाडीको रेखदेखमा ध्यान दिनु जरुरी हुन्छ।
बर्षातको मौसममा खराब बाटोका कारण बाटोमा गाडी बिग्रने समस्या आउनसक्छ। यस्तो अवस्था आउन नदिन गाडी चलाउँदा बिभिन्न कुरामा ध्यान दिनुपर्छ।
बर्षातको समयमा सडकका खाल्टाखुल्टीमा जमेको पानी गाडीको टायर भन्दा माथि आउन सक्छ। एक्सपर्ट भन्छन्, यस्तो ठाउँमा गाडी चलाउनु गाडीका लागि हानीकारक हुन्छ। तर बर्षातको समयमा पानी नजम्ने सडक हाम्रो देशमा परिकल्पना मात्र हुनसक्छ।
पानी जमेको ठाउँबाट गाडी स्पिडले निकाल्न खोज्दा पानी गाडीको इन्जनसम्म पुग्छ र इन्जनमा समस्या आउनसक्छ। यस्तोबेला गाडी बिस्तारै चलाएर निकाल्नु राम्रो हुन्छ।
यदि कुनै कारणवस गाडी पानीको खाल्टोमा बन्द भयो भने त्यसलाई धेरै स्टार्ट गर्ने कोसिर गर्नु राम्रो हुँदैन्। गाडीलाई धक्का लगाएर निकाली नजिकको ग्यारेजमा लैजानु राम्रो हुन्छ। यसले इन्जीनको सुरक्षा हुनसक्छ।
गाडीमा भएका ब्याट्रीदेखि लिएर पेट्रोलसम्मका सबै ड्यासबोर्डमा इन्डिकेटिंङ लाइटहरु हुन्छन्। यसमा क्ुनै सिस्टममा खराबी आउनासाथ यो जल्ने संभावना रहन्छ। त्यसैले यसको सुरक्षामा ध्यान दिनु आवस्यक हुन्छ।
यदि ‘ओइल प्रेसर’ ठीक नभएर ‘ओइल लाइट’ जल्छ। यस्तो अवस्थामा गाडी चलाउनु हुँदैन्। गाडीलाई अर्को कुनै सवारीका मदतले वर्कशपमा लैजानु पर्छ।
पानी परेको समयमा गाडी रोक्नुर्दा थोरै एक्सिलेटर दिरहनुपर्छ। जसले साइलेन्सरमा पानी या हिलो जान पाउँदैन् र गाडी सुरक्षित रहनसक्छ।
वर्षातको समयमा ‘वाइपर’को धेरै आवस्यकता पर्छ। यो मौसममा गाडी चलाउनु भन्दा पहिला वाइपरको ब्लेड चेक गर्नुपर्छ।
बर्षातमा गाडीको पार्कीङ लाइट, हेड लाइट, इंडिकेटर चालू राख्नुपर्छ। गाडीमा हिलो लाग्यो भने त्यसलाई सक्दो छिटो पखाल्नुहोस्। धेरै समयसम्म गाडीमै हिलो नछोड्नुहोस्।