सिजि अटोमोटिभ्स डिभिजन अन्तर्गतको सुजुकी फोर ह्वीलर्सले ‘सुजुकी सुपर क्यारी’मा विशेष अफर ल्याएको छ।
कम्पनीले सुजुकी सुपर क्यारी खरिद गर्ने ग्राहकलाई १ वर्षको निःशुल्क बीमा तथा २० हजारको नगद छुट पनि प्रदान गरेको छ।
यसमा २ वर्षको ३० हजार किलोमिटरको वारेन्टी समेत रहेको छ।
कम्पनीले नयाँ सुजुकी सुपर क्यारीको खरिदमा १ वर्षसम्मको निःशुल्क सर्भिसिङ्ग उपलब्ध गराएको छ। जस अन्तर्गत इन्जिन आयल, आयल फिल्टर, एअर फिल्टर र स्क्रिन वास सेडिउल अनुसार पर्ने कम्पनीको भनाइ छ।बजारमा नयाँ सुपर क्यारीको मूल्य ११ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
यो अफरले न्यूनतम लगानीमा गाडीको स्वामित्व प्रदान गर्नुका साथै आम्दानीमा वृद्धि र लाभलिन सकिने कम्पनीले जनाएको छ।
७९३ सिसीको ट्विन सिलिण्डरयुक्त डिजेल इन्जिन भएको यस गाडीमा ५ स्पिड म्यानुयल ट्रान्समिसन रहेको छ।
यसको ३२.६३ विएचप को ३ हजार ५ सय आरपिएम तथा २ हजार आरपिएमको अधिकताम ७५ एनएमको टर्कविद्यमान छ।
एआरए आइ अनुसार यस गाडीले २२.०७ प्रतिलिटर माइलेज प्रदान गर्दछ । गाडीले ८० किलोमिटर प्रतिघण्टाको दूरी तय गर्ने कम्पनीको दाबी छ।
कम्पनीका अनुसार सुपर क्यारीमा ३.२५ स्क्वायर मिटरको लोडिङ्ग क्षेत्र रहेको छ भने ७४० किलोसम्मको भारवहन क्षमता रहेको छ।
१६० एम एमको ग्राउन्ड क्लियरेन्स, २११० एमएमको ह्वीलवेस तथा ४.३ मिटर, टर्निङ्ग रेडिएस रहेको छ । लाइट स्ट्रिमिङ्ग ह्वील, मोबाइलचार्जिङ्ग सकेट, डुयअल असिस्ट ग्रिप, मल्टि पर्पोज स्टोरेज स्पेस, बोटल होल्डर आदिजस्ता सुविधाहरु यसमा छन।
१२इन्चको ह्वील्स, लोड सेन्सर प्रविधि, चुस्त ब्रेकिङ्गको लागि अगाडिको फ्रन्ड डिस्क तथा रियर ड्रम ब्रेक आदि सुपर क्यारीका विशेषताहरु रहेको कम्पनीको भनाइ छ।