काडमाडौंका सडकमा बढ्दो सवारी चापले सडक जामको समस्या थेगिनसक्नु छ। त्यसैले पनि यस्तो सडकको लागि अटोमेटिक ट्रान्समिसन भएको गाडीहरुको माग बढ्दो छ।
यी गाडी चलाउँदा हामीले गरेका बिभिन्न गल्तिले गाडीलाई हानी समेत गर्नसक्छ। अटोमेटिम ट्रान्समिसन भएको गाडी चलाउँदा गर्न नहुने गल्ति यस्ता छन्ः
ढलान गरेको बाटोमा न्यूट्रलमा ड्राइभ नगर्नुस्
ढलान गरेको बाटोमा हामी धेरैजसमे न्यूट्रलमा गेयर लगाएर छोडिदिन्छौँ। न्यूट्रल गेयरमा चलाउँदा पेट्रोलको बचत हुने लोभले हामी यो गल्ति गछौँ। तर यस्तो हुँदैन्। यस्तो गर्नाले ‘एन’मा तेलको सप्लाईमा कटौति हुन्छ।
त्यसैले ट्रान्समिसनलाई स्मूथ अप्रेसनको लागि सही लुब्रिकेसन मिल्दैन। यसले गाडीको गियर बक्समा नोक्सान गर्नसक्छ।
‘डि’ देखि ‘ आर’ सम्म नरोकेरै गियर नलगाउनुस्
अर्को ठूलो गल्ति हो, मेनुवल गाडी जसरी नै ‘डि’ देखि ‘आर’ सम्म गाडी चलाउँदैगर्दा ब्रेक लगाउनु। यसले ट्रान्समिसन बैंड र क्लचमा खराबी आउने संभावना रहन्छ। त्यसैले ब्रेक परिवर्तन गर्दा गाडी रोकेर वा ‘ड्राइभ’ वा ‘रिवर्स’ मोडमा राख्नु राम्रो हुन्छ।
गाडी नरोकी ‘पि सिप्ट’ नगर्नुस्
अटोमेटिक ट्रान्समिसनमा ‘पि’ मोडको प्रयोग जहिले पनि पार्किङको लागि गरिन्छ। जसले गाडीलाई अगाडि जान वा पछाडि जानबाट रोक्ने गर्छ। गेयरलाई ‘पी’मा सिफ्ट गर्दा गियर बक्स कोगलाई घुम्नबाट रोक्नको लागि ‘पार्किङ पावल’को प्रयोग गर्छ।
त्यसैले पार्किङमा गाडी न अगाढि आउनसक्छ न त पछाडि नै जानसक्छ। यही हामीेले चल्दै गरेको गाडीमा गर्दा गाडीको ट्रान्समिसन बिग्रनसक्ने संभावना रहन्छ।
ट्राफिक लाइनमा न्यूट्रल नराख्नुस्
हामी ट्राफिक जाममा परेका बेला गाडी न्यूट्रलमा राखेर उभिन्छौँ।
ड्राइभिङ गर्दा हामी जाममा पर्नासाथ पेट्रोल बचाउने लोभमा वा खुट्टाको प्रयोग गर्न अल्छि गरेर गाडी न्यूट्रलमा राख्ने गछौँ। यसो गर्नाले गाडीमा समस्या आउन सक्छ। जामका बेला गाडी न्यूट्रलमा राख्दा अटोमेटिक गियर बक्स भएको गाढी बिग्रिनसक्छ्।