ओप्पोले उपभोक्ताको सर्वोप्रिय ब्राण्ड बन्ने उद्देश्यका साथ नयाँ योजना बनाएको छ।
ओपोले भरखरै, रेनो सिरिज सार्वजनिक गर्दै आफ्नो आर सिरिज अन्तर्गतका फोनहरु ‘डिस्कन्टिन्यू’ गर्ने घोषणा गरेको छ।
ओप्पोका उपाध्यक्ष शेन यिरेनले रेनो जस्ता प्रिमियम सिरिजमा आफ्नो ध्यान केन्द्रित गर्न सर्वाधिक विक्री हुन सफल मोडल भएता पनि आर–सिरिजलाई डिस्कन्टिन्यू गर्न लागिएको बताए।
कम्पनीका अनुसार ओप्पोको ‘क्लासिक हलमार्क’, ‘बोल्ड डिजाइन ल्यांग्वेज’मा केन्द्रित हुँदै कम्पनीको ध्यान आफ्नो उच्च क्यामेरा प्रविधिमा केन्द्रित गर्दैछ।
यसैको नतिजाका रुपमो नयाँ रेनो १०एक्स जुमलाई लिन सकिन्छ । यस उपकरणमा सार्क फिन पप्–अप क्यामेरा, स्न्यापड्रागन ८५५ प्रोसेसर र १०एक्स हाईब्रिड जुम लेन्सका साथमा ट्रिपल क्यामेरा सेटअप उपलब्ध गरिएका छन् ।
ओप्पो रेनो सिरिजको ५ जी–रेडी भर्जनपनि सार्वजनिक गर्ने ओप्पोको योजना छ । रेनो भ्यारियण्टमा फुल–एचडी रेजोल्यूसन सहित ६.४—ईञ्च एमोलेड डिस्प्ले जडान गरिएको छ । ८ जिबी ¥याम सहितको क्वालकम स्न्यापड्रागन ७१० प्रोसेसरद्वारा सञ्चारित यस फोनमा तिब्र क्षमता सहितको ईन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरपनि उपलब्ध छ ।
ओप्पो रेनो १०एक्स जुम इडिसनमा ६.६५ ईञ्च फुल–एचडी+ एमोलेड डिस्प्ले जडान गरिएको छ भने ओक्टा–कोर क्वालकम स्न्यापड्रागन ८५५ प्रोशेसरले शक्ति प्रदान गर्छ ।
प्रयोगकर्ताका सेल्फीलाई थप क्रिस्प र शार्प बनाउन यस स्मार्टफोनमा एफर१.७ एपर्चर सहितको ४८ एमपी सोनी आईएमएक्स ५८६ सेन्सरको प्रयोग गरिएको कम्पनीको भनाइ छ।
कम्पनीको यस फ्ल्यागशिप ह्याण्डसेटमा पेरिस्कोप टेलिफोटो लेन्स सहितको १३ एमपी सेकेण्डरी सेन्सर र ८ एमपी सुपर वाइड एंगल सेन्सर जडान गरिएको छ।