गर्मीको मौसममा गाडी तातेर हैरानी हुन्छ। गाडीमा एसी चलाउँदा पनि गाडीको क्याबीन भित्र पैदा हुने गर्मीले गाडीलाई चिसो हुन दिँदैन्। यस्तोमा हामीले यी तरिकाबाट आफ्नो गाडीलाई चिस्याउन सक्छौँ।
एसीको फिल्टर फेर्ने वा सफा गर्ने
गर्मीको बेला गाडीको क्याबिनलाई चिसो राख्ने सबै भन्दा राम्रो तरिका भनेको एयर कन्डिस्निङ सिस्टमलाई राम्रो बनाउनु नै हो।
यसको लागि समय समयमा यसको सरसफाई र मर्मत गर्नु आवस्यक हुन्छ। यो सँगसँगै गाडीको फिल्टर युनिटको पनि समय समयमा जाँच गरिरनुपर्छ । फिल्टर युनिटमा आएको खराबीले पनि गाडी तात्ने गर्छ।
फिल्टर क्याबिन फोहोर भएको छ वा बिग्रेको छ भने यसले एसीको हावालाई चिसो रहन दिँदैन्। साथै यसले इन्धनको क्षमता पनि घटाउने गर्छ।
त्यसैले गाडीको फिल्टर युनिटलाई सफा राख्न आवस्यक हुन्छ। एसी चलाएको बेला गाडीको माइलेजमा पनि बढी असर पर्ने सम्भावना रहन्छ। गाडीको माइलेज कम भएको जस्तो लाग्यो भने गाडीको फिल्टर बदल्नुपर्ने हुनसक्छ।
त्यसैले यसको निरन्तर जाँच गरिरहनु आवस्यम हुन्छ। सर्बिस सेन्टरमा पनि यसको जाँच गराइरहनु राम्रो हुन्छ। यसबाट हाम्रो फिल्टर सिस्टम बनाउनु पर्ने छ वा फेर्नुपर्छ वा ठीक छ भन्ने सुनिश्चित गर्छ।
एसी चलाउँदा ‘लो मोड’बाट सुरु गुर्नहोस्
गर्मीमा गाडीमा चढ्ने बित्तिकै हामी गाडीको एसी फूल मोडमा राखेर चलाउँछौँ तर यस्तो गर्नु गाडीको लागि हानीकारक हुनसक्छ।
एसी चलाउँदा सुरुमा लो मोडबाट सुरु गरेर मात्र फूल बनाउन सकिन्छ। यसले एसीको सिस्टमलाई लामो समयसम्म बिग्रन दिँदैन्। यो गाडीका साथसाथै हाम्रो शरीरका लागि पनि राम्रो हुन्छ। शरीरमा पनि एकैचोेटी तापक्रम परिवर्तन गर्नु राम्रो हुँदैन्।
धेरै गर्मीबाट आउनासाथ धेरै चिसो तापक्रममा राख्दा बिरामी हुनसकिन्छ्। फूलमोडमा एसी चलाउनाले इन्धनको क्षमता पनि घटछ्। सकेसम्म एसी फूलमोडमा नचलाउँदा नै राम्रो हुन्छ।
त्यसैले गाडीमा चढेपछि गाडीका झ्याल खोल्नुहोस्, गाडीको एसी स्लो मोडमा चलाउनुहोस्। यसले गर्दा केबिनमा भएको तालो हावा बाहिर जान्छ र चिसो हावा आउँछ्।
'री सर्कुलेसन मोड'को प्रयोग गर्नुहोस्
गाडीको केबिन एकचोट चिसो भइसकेपछि रिसर्कुलेसन मोडको प्रयोग गर्यौँ भने यसले गाडी चिसो राख्नमा सहयोग गर्छ। यसले एसीलाई बाहिरको हावा लिनबाट रोक्छ र यसलाई चिसो बनाइराख्न मदत गर्छ।
इन्जिन भन्दा पहिला एसी बन्द गर्नुहोस्
गाडीको इन्जिन बन्द गर्नुभन्दा पहिला एसी बन्द गर्नुपर्छ। गाडीको ‘फ्यान’ भने खुला राख्न सकिन्छ। यसले केबिनमा भएको हावालाई बाहिर निकाल्न मदत गर्छ र जमेको फोहोर सफा राख्नछ।
एसी बन्द गरेपछि केही समय फ्यान खुल्ला राख्दा यसले गाडीलाई चिसो राख्नुका साथै गाडीको माइलेजमा पनि सहयोग गर्छ।