महिन्द्राले आफ्ना सबै उत्पादन ५ देखि १३ दिन सम्मका लागि बन्द गरेको छ।
गाडीको डिमान्ड घटेपछि कम्पनीले यस्तो निर्णय गरेको हो। भारतीय अटो सेक्टरमा लगातार आएको उतारचडावले २०१९को सुरुवात देखिनै धेरै सार्वजनिक सवारी निर्माण कम्पनीको बिक्रीमा गिरावट आएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
पछिल्लो ८ वर्षमा सार्वजनिक सवारी(पेसेन्जर भेइकल)को बिक्री घटेको छ। यसको असर महेन्द्राका साथै अन्य निर्माण कम्पनीमा समेत परेको छ। महिन्द्राले आजबाट ५ देखि १३ दिनसम्मका लागि ‘नो प्रोडक्सन डे’को घोषणा गरेको छ।
महिन्द्रासँग सवारीसाधनको पर्याप्त ‘स्टक’ रहेकोले कम्पनी बन्द हुँदा यसको उपलब्धतामा कुनै असर नपर्ने कम्पनीको
भनाइ छ।