नेपालका लागि सुजुकीको आधिकारीक बिक्रेता भिजी अटोमोबाइल्सले स्कुटर रेन्जको प्रबर्द्धन गर्न भन्दै सन् २०१८ की मिस नेपाल श्रृखला खतिवडालाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ।
सुजुकीले बर्गम्यान,एक्सेस र लेट्स नामका स्कुटरको बजार प्रबर्द्धनका साथै जनमानसमा ब्रान्ड विश्वासनीयता बढाउन भन्दै खतिवडालाई अनुनबन्ध गरेको जानकारी दिएको छ।
सुजुकी बर्गम्यान र एक्सेस १२५ सिसीको इन्जिन भएको स्कुटर हुन्। यी स्कुटले पछिल्लो समय नेपालमा उपभोक्ताको मन जित्दै गएको कम्पनीले जानकारी दिएको छ।