हामीले गाडी किन्दा कम्पनीले दाबी गरेको माइलेज केही समयमा कम हुन थाल्छ।
गाडीले केही समयपछि नयाँमा भन्दा बढी पेट्रोल वा डिजल खपत गर्न थाल्छ। तपाईको गाडीमा पनि यस्तो हुँदैछ? यो प्रश्नको उत्तर हुँदैछ दिनुहुन्छ भने यसको कारणा के हुनसक्छ? कम्पनीले गाडी बेच्दा झुटो दाबी गर्यो, गाडीमा केही खराबी आयो, वा गाडी चलाउँदा हामीले केही गल्ति गरिरहेका छौँ।
कम्पनीले गरेको दाबी झूटो होइन र गाडीमा कुनै समस्या आएको छैन भने हामीले गाडी चलाउने तरिका वा ‘मेन्टेनेन्स’मा ध्यान दिएर माइलेज बढाउन सक्छौँ।
गाडीको माइलेज बढाउन के गर्नेः
‘एयर फिल्टर’ सही राख्ने
हाम्रो गाडीको ‘एयर फिल्टर’ जाम भएको छ भने यसको प्रत्यक्ष असर गाडीको ‘माइलेज’मा पर्नेगर्छ। इन्जिनको ‘एयर फिल्टर’मा फोहोर,धुलो, माटो आदी लागेको छ भने यसको एयर फिल्टर जाम हुनसक्छ।
यसको सिधा असर गाडीको इन्जिनमा पर्छ जसले गाडीको माइलेज कम हुन्छ। त्यसैले आफ्नो ‘एयर फिल्टर’को जाँच गरिरहनुपर्छ।
टायरको हवा चेक गरिराख्ने
टायरमा कम हावा भरेर गाडी चलाइरहेका छौँ भने यसको सिधा अर्थ लाग्छ, गाडीमा पेट्रोल वा डिजलको खपत बढी भइरहेको छ।
गाडीको टायरमा हावाको मात्रा ठीक राख्नाले गाडीको माइलेज बढाउन सकिन्छ।
‘एक्सलेटर’ र ‘ब्रेक’को सही प्रयोग
कम दूरीमा बढी ‘एक्सलेटर’ दिँदा अथवा ब्रेक छिटो छिटो लगाउनाले इन्धनको खपत बढ्छ। ट्राफिक जााम भएको समयमा हामीले बाध्यताले पनि यस्तो गर्नुपर्ने हुनसक्छ। यस्तो अवस्थामा गाडीको माइलेज घट्ने गर्छ ।
४५ देखि ५५ को स्पिडमा चलाउने
४५ देखि ५५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा गाडी कुदाउँदा सबै भन्दा बढी माइलेज पाइन्छ। गाडीलाई हामी यो स्पीड भन्दा बढी र कम गर्यौँ भने गाडीको माइलेज घट्छ।
गाडीको सर्विसिङ
भनेको समयमा गाडीको सविर्सिङ नगराउँदा पनि गाडीको माइलेज घट्नसक्छ। समयमा सविर्सिङ नगराउनाले गाडीका पाटपूूर्जाहरुले राम्रो काम नगर्नसक्छन र माइलेज घट्छ।
सविर्सिङ रेगुलर नगराउँदा गाडीको पर्फमेन्सका साथै गाडीको माइलेजमा पनि राम्रो असर पर्छ।