यामाहा मोटरसाइल भन्ने वित्तिकै ‘एफजी’ सिरिजका मोटरसाइकल मानस्पटलमा घुम्न थाल्छन्।
अन्य मोटरसाइकल भन्दा भिन्न स्टाइल, टेक्नोलोजी र पर्फर्मेन्सले गर्दा नेपाली युवापुस्ता ‘एफजी’ सिरिजसँग प्रभावित छ।
यामाहाको ‘एफजी’ सिरिजले नेपाली सडकमा एक दशक राज गरिसकेको छ ।
भर्खरै सार्वजनिक भएको एफजी भी३ ले एफजीको यो विरासतलाई निरन्तरता मात्र दिएको छैन नयाँ उचाइमा पु¥याएको कम्पनीको भनाइ छ।
यामाहाले सन् २००८ मा १५० सिसीको सेग्मेन्टमा पहिलो पटक एफजी सार्वजनिक गरेको थियो । पारम्परिक डिजाइन भन्दा फरक स्टाइलमा आएको त्यो भर्सनले यामाहाको परिचय नै बदलिदिएको कम्पनीको भनाइ छ।
यसको सफलताले लोभिएको यामाहाले सन् २०१४ मा एफजी भी २ ल्यायो। यो भर्सन अघिल्लो पुस्ताभन्दा चाँडै लोकप्रिय बनेको थियो ।
भर्सन् २ सम्म आइपुग्दा यामाहाले यसमा पुरानो कार्बुरेटर कम्बुसनलाई हटाएर अत्याधुनिक एफआई (फ्युल इन्जेक्सन) प्रविधि र आफ्नो प्याटेन्टेड ब्लुकोर इन्जिन जडान ग¥यो । १५० सिसीको एफजी भी ३ प्राविधिक रुपमा सेग्मेन्टकै सर्वोत्कृष्ट मोटरसाइकल भएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार एफआई प्रविधिमा रहेको अत्याधुनिक ‘सेन्सर र एक्च्युएटर’हरुको मद्दतले इन्जिनमा आवश्यक मात्रामा इन्धन प्रवाह गर्छ। यसले मोटरसाइकलको पर्फर्मेन्स र माइलेज दुवै बढाइदिन्छ । यामाहा एफजीएस भी ३ एफजीको ‘सिग्नेचर स्टाइलिङ’लाई निरन्तरता दिएको छ ।
यसमा १४९ सिसीको ‘सिंगल–सिलिन्डर, फ्युल–इन्जेक्टेड ब्लुकोर इन्जिन’ रहेको छ जसले अधिकतम १३.२ बिएचपी पावर र १२.८ एनएम टर्क जेनेरेट गर्छ।
यसमा अघिल्लो पुस्तामा झैं ५–स्पिड गियरबक्स रहेको छ । राइडरको सुरक्षाका लागि यामाहाले एफजीएसको तेस्रो पुस्तामा सिंगल च्यानल ‘एबीएस’ जडान गरेको छ जसले ब्रेकिङ कन्ट्रोललाई जबरजस्त बनाएको कम्पनीको दावी छ ।
४१ एमएमको ‘टेलिस्कोपिक फर्क’ र पछाडि ‘मोनो शक’ प्रयोग गरिएको छ। यसको दुवै ह्विलमा डिस्क ब्रेकको व्यवस्था गरिएको छ । नयाँ एफजी भी ३ लाई ‘फुल–एलईडी डुअल पड हेडल्याम्प युनिट’ र ‘प्रिमियम क्रोम फिनिस’ भएको नयाँ ‘मस्कुलर फ्युल ट्यांक’ ले यसलाई स्पोर्टी र स्टाइलिस बनाएको छ ।
यो पहिलेभन्दा मस्कुलर, आरामदायी र सुरक्षित छ । सहरी पिच सडकदेखि उबडखावड अफरोडमा समेत उस्तै पर्फर्मेन्स दिन सक्ने एफजी भी ३ को वजन पहिलेभन्दा केही कम १३७ केजी रहेको छ ।
१० वर्षमा अन्तरालमा १५ लाखभन्दा बढीको मन जितिसकेका एफजीको इन्जिनमा गरिएको सुधारका कारण यसको ‘इनिसियल पिकअप’ बढी र ‘एसिलेरेसन स्मुथ’ रहेको कम्पनीको दाबी छ ।
मस्कुलिन थिम’मा डिजाइन गरिएको नयाँ एफजी भी ३ मा नयाँ ‘स्पेट–अप स्टाइल’को सिंगल सिट, नयाँ एलोई ह्विल र फेन्डरहरु समेत ‘रिडिजाइन’ गरिएको छ ।
यसको टर्न इन्डिकेटर थोरै माथि सारिएको छ भने एक्जस्ट कभरको डिजाइन पनि आकर्षक बनाइएको छ। यसको डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोलले अघिल्ला पुस्तामा भन्दा धेरै ‘इन्फर्मेसन’ यसले दिन्छ । ट्यांकमा सारिएको कि पोजिसन ले यसलाई अन्य मोटरसाइकल भन्दा भिन्न लुक्स दिएको छ ।
यसको फ्युल ट्यांक क्षमता १२.८ लिटर रहेको छ भने यो ‘म्याट ब्लु’, ‘म्याट ब्ल्याक’ र ‘ग्रे सायन’ गरी तीन वटा आकर्षक रङ्गमा उपलब्ध छ।
कम्पनीले यसको मूल्य ३ लाख ९ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ।यामाहाको नेपालको लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बैशाखको सुरुमा महाएक्सचेन्ज मेला आयोजना गरेर एफजी भी ३ सार्वजनिक गरेको थियो ।
मेलामा विक्री भएका कुल संख्यामध्ये आधा एफजी भी ३ रहेको एमएडब्लु इन्टरप्राइजेज टु हविलर डिभिजनका सिइओ चिरञ्जीवी शाहले बताए। ‘स्टाइल, कम्फोर्ट र टेक्नोलोजीका कारण यामाहाको एफजी सिरिजका मोटरसाइकलहरु नेपालमा निकै रुचाइएका छन् ।
यसै कारणले यो सेग्मेन्टकै लिडर बनेको छ,’ शाहले भने ‘नयाँ एफजीले पनि राइडरहरुलाई अद्वितीय राइडिङ एक्सपिरियन्स दिलाउनेछ । यसले १५० को सेग्मेन्टमा यामाहाको उपस्थितिलाई अझ दमदार बनाइदिनेमा हामी विश्वस्त छौँ।’