नेपालका लागि टिभिएस टु व्हीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले एक घर एक टिभिएस अभियान अन्तर्गत बीमा तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम नाटुको (नेपाल अटो मेकानिक्स ट्रेड युनियन) सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता जगदम्बामोटर्सका भाईस प्रेसिडेन्ट दिपककुमार अग्रवालले गरे।
नाटु र जगदम्बा मोटर्स परिवारको तर्फबाट संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरिएको थियो।उक्त कार्यक्रममा टिभिएसले नाटु जीवन बीमा कोषको लागि ५१ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरिने घोषणा पनि गरिएको छ।
नाटु मार्फत बिक्री भएका प्रत्येक बाइक तथा स्कूटरबाट २ सय रुपैयाँ उक्त कोषको लागि छुट्याइने जानकारी जनाइएको छ।
टिभिएस को १०० भन्दा बढी डिलर नेटवर्क र २०० भन्दा बढी सर्भिस नेटवर्क मार्फत गुणस्तर सेवा, जेनुईन पार्टस र ल्युबको उपलब्धतालाई सरल र व्यापक बनाइएको कम्पनीको भनाइ छ।
कार्यक्रममा यस अभियानका ब्रान्डएम्बेस्डरका रुपमा सबै मेकानिक्स माधव पाण्डेलाई राखिएको थियो। टिभीएसले तालिम तथा बिमा कार्यक्रममा ६७ स्थानहरुमा ३ हजार मेकानिकलाई तालिमदिने प्रतिबद्धता जनाएको छ ।