चीनको छेन्दु नगरले काठमाडौं महानगरलाई दिइएक २ थान ब्रुमर आज औपचारिक रुपमा हस्तान्तरण गरिएको छ। छेन्दु नगरका उपप्रमुख निउ छिङ्पाओेले महानगरका मेयर बिद्यासुन्दर शाक्यलाई ब्रुमरको साँचो हस्तान्तरण गरेका छन्।
छेङ्दुले महानगरलाई दिएका ब्रुमर, युरो ५ मापदण्डका हुन् । महानगरको मेकानिकल शाखाका प्रमुख प्रमोद डंगोलका अनुसार ८.६ मिटर लम्बाइ र ३.५ मिटरका ब्रुमरमा २ वटा इञ्जिन छन् । गाडी सञ्चालन गर्ने इञ्जिनको क्षमता १५५ किलोवाट छ भने ब्रुमर चलाउने इञ्जिनको क्षमता ११८ किलोवाट छ ।
१५.८ मेट्रिक टन तौल भएका बु्रमरहरु डिजेलले चल्छन् । धुलो र पात पतिङ्कर संकलन गर्न प्रयोग गर्न सकिने हरेक बु्रमरमा ७ घनमिटर धुलो संकलन गर्ने र ९ घनमिटर पानी बोक्ने क्षमता छ । सडक सफाइ गर्दा पहिले पानी छर्केर धुलो नउड्ने बनाएपछि धुलो तथा पतिङ्गर तान्छ ।
९८ किलोमिटर प्रतिघण्टा गति भएको यसले, सडकको अवस्था हेरी प्रति घण्टा ३ किलोमिटरदेखि २० किलोमिटरसम्म सडक सफा गर्न सक्छ । भन्सारबाहेक यी २ वटा ब्रुमरको मुल्य २ करोड २७ लाख ३७२ रुपैयाँ हो ।
तस्बिरहरु: नारायण महर्जन/ सेतोपाटी