‘इस्कर्टस’ कम्पनीको ‘एक्सट्रीम व्याकहो लोडर’को नेपालको लागि आधिकारिक वितरक ‘द हेबी अटो ट्रेडिङ प्रली’ले व्याकहो लोडर नेपाली बजारमा ल्याएको छ।
यो व्याकहो लोडर गुणस्तरीय, टिकाउ हुनुका साथै इन्धन कम खपत गर्ने कम्पवनीका प्रवन्ध निर्देशक उनेसनारायण मानन्धरले दाबी गरे।
यसमा इस्कर्ट ई ४.३६८ टिसीआई इन्जिन, ९० एचपी इनलाइन पम्प जडान भएको छ। व्याकहो लोडरको तौल ८ हजार ४ सय रुपैयाँ रहेको छ।
करारो ट्रान्समिसन र टेण्डम गियर पम्प भएको यो मेसिनको लोड पम्पिङ हाइट ३ मिटर र पे लोड १९८० केजी रहेको छ।
यो मेसिनले ४.८ मिटरसम्म खन्न सक्ने कम्पनीले जनाएको छ।
यो मेसिन जलविद्युत आयोजना, खानी उत्खनन, कृषि लगायत पूर्वाधार निमार्णमा निकै भरपर्दो हुने कम्पनीको भनाइ छ।
कम्पनीले एक्सट्रिम व्याकहो लोडर खरिदमा ८० प्रतिशत फाइनान्स सुविधा प्रदान गरेको छ। व्याकहो लोडर बिक्रीको सुरुवाती क्रममा कम्पनीले १ जनालाई थाइल्याण्ड भ्रमणको व्यवस्था मिलाएको छ। कम्पनीले यसको मूल्य ४१ लाख २० हजार निर्धारण गरेको छ।