कुनै पनि सवारी साधन चलाउँदा दुर्घटना नहोस् भन्नका लागि हामी सतर्क रहन्छौँ।
गाडी चलाउँदा बिशेष सावधानी अपनाउँछौँ। तर हामीले ध्यान नदिएको वा सामान्य लाग्ने बिभिन्न साना लापरवाहीले पनि दुर्घटना हुनसक्छ। गाडी चलाउँदा केही गल्तिहरु यस्ताछन् जुन हामीलाई सामान्य लाग्छन्, तर यी गल्तिले हाम्रो ज्यान जोखिममा पार्नसक्छ।
पानीको बोतल
हामीले ‘कप होल्डर’मा राखेको पानी वा कुनै पनि किसिमको बोतल वा अन्य झर्नसक्ने सामानले दुर्घटना गराउन सक्छन्।
गाडी चलाउनेबेला यस्ता किसिमका बस्तु झरेर गाडीको ब्रेक प्याडलको बिचमा आउन सक्छ। जसलेगर्दा दुर्घटना हुनसक्ने खतरा रहन्छ।
स्टेरिङ व्हील
गाडीको स्टेयरिङ व्हीलमा च्यात्तिए वा फिट नहुने कभर छ भने यो कभर स्लिप हुनसक्छ, जसले दुर्घटना गराउनसक्छ। व्हीलमा फिट नहुने वा च्यात्तिएको कभर छ भने दुर्घटना गराउनसक्छ।
स्टेयरिङमा कभर राख्दा फिट हुने किसिमको कभर राख्नु पर्छ।
चप्पल लगाएर नचलाउनुस् गाडी
चप्पल लगाएर गाडी चलाउँदा चप्पल स्लिप हुनसक्छ र ब्रेक वा अन्य कन्ट्रोलिङ प्याडलहरुमा पनि यो अल्झनसक्छ।
त्यसैले गाडी चलाउँदा फिटिङ किसिमको जुत्ता लगाउनु राम्रो हुन्छ। कहिलेकाँही अपर्झटपर्दा चप्पल खोलेर खालि खुट्टा नै गाडी चलाउनु राम्रो हुन्छ।