जगदम्बा मोटर्सले फाइनान्स तथा एक्स्चेञ्ज मेला ‘टिभिएस सुपर सिजन फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ।
जगदम्बा मोटर्स नेपालको लागि टिभीएस मोटरको आधिकारिक वितरक हो। कम्पनीका अनुसार यो नेपालमै पहिलो पटक आयोजन हुनलागेको बिषेश मेला हो। यो मेलामा गउत्कृष्ट फाइनान्स सुविधा,एक्स्चेञ्ज अफरका साथै बचतको सुनौलो अवसर रहेको छ।
मेला यही असार ४ देखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डपमा संचालन हुने छ। मेलाबाट ७.९९ प्रतिशत ब्याजको फाइनान्स सुविधाका साथ २० प्रतिशत शुरु भुक्तानीमा टिभीएस टु ह्वीलर किन्न सकिने छ।
मासिक किस्ता ५ हजार ५ सयबाट सुरु हुनेछ। ग्राहकले हरेक एक्स्चेञ्जमा ३० हजार सम्मको बोनस पनि प्राप्तगर्नु सक्ने कम्पनीको भनाइ छ।
मेलाको अन्य आकर्षणहरुमा शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र स्क्य्राच कार्डमार्फत् ७ हजारदेखि १ लाख रुपैयाँसम्म नगद पुरस्कार जित्नसकिने छ।
मेलामा टिभीएस बाइक खरिद गर्नेले टिभीएस हेलमेट, बाइक कभर र रेनकोट सित्तैंमा पाउँने कम्पनीले जनाएको छ।
टिभीएसले ५ वर्षको वारेन्टी, स्थलगत एक्स्चेञ्ज, स्थलगत फाइनान्स लगायलका सुविधा प्रदान गर्दैआएको छ।