सवारीसाधन तथा सवारीजन्य बस्तुको कुम्भ मेला मानिने नाडा अटो शो भदौ १० गते देखि सुरु हुने भएको छ।
नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने शोमा २२ ओटा चार पांग्रे र १९ ओटा २ पांग्रे सवारी साधनको स्टल रहने छ।
पोहोर साल स्थान नपाएका बैंक तथा वित्तीय संस्थाले पनि यस वर्ष शोमा स्थान पाएका छन्। यस वर्ष १२ बैंक तथा वित्तीय संस्थालाई स्टल दिइएको जनाइएको छ।
५ दिनसम्म चल्ने यस मेलामा स्पेयर पार्टस र लुब्रिकेन्टलाई भृकुटी मण्डपको बगैँचामा स्थान दिइएको छ भने स्थानको अभावको कारण हेभी इक्युप्मेन्ट र बसहरुलाई समावेस गरिने छैन।
विगतका केही वर्ष जस्तै यो वर्ष पनि विद्युतीय सवारी साधन उल्लेख्य रुपमा देख्न सकिने आँकलन गरिएको छ।