टोयटा गाडीको नेपालका लागि आधिकारिक बितरक युनाइटेड ट्रेड सिन्डिकेटले जनकपुरमा श्रेया अटोमोबाइल्स नामक नयाँ शोरुम खोलेको छ।
टोयटाले आफ्ना सबै क्षेत्रका ग्राहकलाई सेवा पुर्याउन शोरुम बिस्तार गरेको बताएको छ।यस अघि जनकपुरमा केही समयका लागि श्रेया अटोमोबाइल्सले टोयटाका गाडीहरु बिक्री गरेको थियो।
शोरुम उद्घाटन अघिनै श्रेया अटोमोबाइल्सले २५ ओटा गाडी बिक्री गरिसकेको छ।
शोरुमको उद्घाटन जनकपुर उद्योग बाणिज्य संघको अध्यक्ष ललित शाह र यसका बरिष्ठ निर्देशक कैलाश राजभण्डारी, प्रवन्धक महेशकुमार र टोयटाका ब्यवस्थापन समितिका सदस्यले संयुक्त रुपमा गरे।
उद्घाटनकै दिन ७ ओटा सवारी बुकिङ भइसकेको कम्पनीको भनाइ छ।