जब हाम्रो बाइक पुरानो हुनथाल्छ, नयाँको तुलनामा यसमा यात्रा गर्नु महंगो हुनथाल्छ।
कारण अन्य रिपेयरिङ खर्चका साथै बढी पेट्रोल खफत गर्नथाल्छ। बाइक पुरानो भइसकेपछि पनि माइलेज घट्न नदिन बिभिन्न तरिका अपनाउन सकिन्छ।
यी तरिकाबाट बाइकको माइलेज बढाउन सकिन्छ:
बाइकको ‘स्पार्क प्लक’लाई सफा राख्नुहोस्
कहिलेकाँही बाइकको स्पार्क प्लक फोहोर हुन्छ। जसको कारण बाइकले धुँवा निकाल्न थाल्छ। फोहोर स्पार्क प्लकले इन्धन र हावाको मिश्रणलाई राम्रोसँग जलाउन सक्दैन्।
जसलेगर्दा बाइकले धुँवा फाल्नथाल्छ। बाइकको माइलेज घट्न नदिनको ‘स्पार्क प्लक’ सफा राख्नु आवस्यक छ। यसका साथै माइलेज बढाउने ‘ट्विीन स्पार्क प्लग’ नामक डिभाइस बजारमा पाइन्छ, जसले हाम्रो बाइकको माइलेज बढाउँछ।
स्पिड अनुसारको गियर बदल्नुहोस्
सही समयमा बाइकको गियर बदल्नाले बाइकको माइलेज बढ्छ। कम स्पिडहुँदा बढी गियरमा बाइक चलाउनाले इन्जिनमा दबाब पर्छ, जसलेगर्दा बाइकको माइलेज कम हुनजान्छ। त्यसैले सही स्पिडमा सही गियसको प्रयोग आवस्यक हुन्छ।
बाइकलाई स्पिडमा ध्यान दिनुहोस्
बाइकको स्पिड बढी भयो भने यसले बढी इन्धनको खफत गर्छ। साथै स्टार्ट गर्नेबेला बाइक नचलाउँदा पनि बाइकले बढी इन्धनको खफत गर्छ। माइलेज बढाउन बाइकलाई धेरै स्पिडमा नचलाउनुहोस् र स्टार्टगर्दा ध्यन दिनुहोस्।
एयर फिल्टरलाई नियमित रफा गर्नुहोस्
इन्जिनमा जाने हावा ‘एयर फिल्टरको’माध्यमबाट जानेगर्छ। यसले बाइकको माइलेजमा असर पार्नेगर्छ। त्यसैले बाइकको एयर फिल्टरलाई समयसमयमा सफा गरिरनुपर्छ।