पहिलोचोटी गाडी चलाउन सिक्न खोजिरहेका छौँ भने गाडी, चलाउने बिधि वा त्यसका पार्टका बारेमा यी निम्न जानकारी राख्दा गाडी चलाउन सजिलो हुनसक्छ।
गाडीको पूरा जानकारी लिनुहोस्
गाडी सिक्नुभन्दा पहिले गाडीको बारेमा जानकारी राख्नु आवस्यक हुन्छ। गाडी चलाउनुभन्दा अगाडि स्टेयरिङ, गियर, क्लच, ब्रेक, हेड ब्रेकको बारेमा पूर्ण जानकारी राख्नु आवस्यक हुन्छ।
यी सबैका काम र चलाउने तरिकाका बारेमा हामीले सही जानकारी लियौँ भने अभ्यास गर्न सजिलो हुन्छ र गाडी चलाउन सजिलै सिक्न सक्छौँ।
बस्ने ‘पोजिसन’
गाडीमा बस्दा सबैभन्दा पहिला हामीले आफ्नो उचाईका हिसाबले सिटलाई मिलाउनुपर्छ। हाम्रो बस्ने आसन यस्तो होस्, जसले हाम्रो खुट्टा सजिलैसँग ब्रेक र क्लचमा राख्न सकियोस्। यसोगर्दा हामीले गाडी चलाउन सजिलो हुन्छ।
गाडीमा ध्यान दिनुहोस्
सवारी पहिलो चोटी चलाउँदा होस् वा अभ्यस्त भइसकेपछि ध्यान त दिनैपर्छ। तर पहिलोचोटी चलाउँदानै ध्यान गाडी भन्दा बाहिर लगायौँ भने ठूलो दुर्घटनाको सिकार बन्नसकिन्छ।
गाडी चलाउँदा तपाईको आँखा सडकमा हुनुपर्छ। गाडी चलाउनुभन्दा पहिला गाडीको लुकिङ ग्लास पछाडिबाट आउने गाडी देख्नसक्ने गरि मिलाउनुहोस्।
अगाडि पछाडिका सवारीसँग दूरी राख्नुहोस्
अगाडि पछाडिका गाडीसँग दूरी बनाइ राख्नुपर्छ। किनभने अगाडि चलिरहेको गाडी दायाँ बायाँ मोड्न वा रोक्न सक्छ। यस्तो अवस्थामा हामीलाई गाडी रोक्न समस्या हुनसक्छ। आफ्नो सुरक्षाका लागि उचित दूरी बनाउनु आवस्यक हुन्छ।