वर्षातको समय सुरु भएको छ। यस्तोबेला हाम्रा सडकबाटोमा पानी जम्ने, हिलो हुने, बाटो चिप्लो हुने लयायतका समस्या हुने भएकाले दुर्घटनाको जोखिम पनि बढ्छ। वर्षातको समयमा पनि सुरक्षित तरिकाले सवारी चलाउनका लागि निम्न सावधानी अपनाउन सकिन्छ।
गाडीको टायर
वर्षातको बेला सडक दुर्घटनाको मुख्य कारण गाडीको टायर नै हो। किनभने चिप्लो बाटोमा गाडीको टायर पनि चिप्लन सक्छ। गाडीको टायर पुरानो भयो भने चिप्लने संभावना झन बढ्छ। त्यसैले ग्रिप भएको टायर अर्थात गाडी चिप्लन नदिने किसिमको नयाँ टायर प्रयोग गर्नुपर्छ।
वर्षातको समयमा गाडीको ब्रेक जाँच गर्नुहोस्
वर्षातको बेला पानीको कारणले सवारी साधनका ब्रेक बिग्रिने संभावना रहन्छ। ब्रेक यस्तो बेला सडकका खाल्टाखुल्टिका कारण अचानक ब्रेक लगाउनुपर्दा समस्या आउनसक्छ। त्यसैले गाडीको ब्रेक चेक गराइरहनुहोस्।
गाडीको जाँच राम्ररी गर्नुहोस्
वर्षातको समयमा अन्य समयको तुलनामा सवारीसाधनहरु बढीमात्रामा बिग्रने संभावना रहन्छ। त्यसैले वर्षातको समयमा बढी हेरचाह आवस्यक हुन्छ।
हेल्मेट
वर्षातको समयमा बाइक चलाउँदा एन्टी फोग सिल्ड’ भएको हेल्मेट प्रयोग गर्नुराम्रो हुन्छ। यस्तो हेल्मेटको प्रयोगले बाटो सफा देखिन्छ। बाटो सफासँग नदेखिने हेल्मेट लगाउँदा पनि दुर्घटनाको जोखिम रहन्छ।
गाडीको स्पीड कन्ट्रोल गर्नुहोस्
चिप्लो बाटोमा झट्का दिएर ब्रेक लगाउँदा बाइक अथवा गाडी चिप्लने संभावना रहन्छ। त्यसैले सवारी साधनको स्पीड कन्ट्रोल राख्नुहोस्।
हलुका र ‘रिफ्लेक्टीङ ’रेनकोट किन्नुहोस्
ठूलो पानी परेकाबेला हलुका किसिमको सजिलो रेनकोट किन्नु जरुरी हुन्छ। रेनकोट हलुकाका साथै ‘रिफ्लेक्टीङ’ पनि हुनुजरुरी छ। ताकी पछाडिबाट आउँदै गरेको गाडीले हामीलाई स्पस्टसंग देख्नसकोस्।