नेपालका लागि भेष्पा स्कुटरको आधिकारीक बिक्रेता डि–लाईफस्टाईल्सले असार १६ गते देखि २२ गते सम्म भृकुटीमण्डपमा विशेष एक्ट्ठचेन्ज क्याम्प आयोजना गर्ने भएको छ।
क्याम्पबाट कसैले स्कुटर खरिद गरेमा एक वर्षको कर क्मपनीले तिरिदिने भएको छ।
भेष्पा स्कुटरको यो हालसम्मकै ठूलो मेला हुने कम्पनीले जानकारी दिएको छ।
जुनसुकै ब्राण्डको मोटरसाईकल तथा स्कुटर ल्याएर नयाँ भेष्पा स्कुटर किनेर लिन सकिने छ। पुरानो वाईक तथा स्कुटरको उच्चतम मुल्याङ्कन पाउने कम्पनीले दाबी गरेको छ । मुुल्याङ्कन भएको पुरानो वाईक तथा स्कुटरमा कम्पनीले ३० हजार रुपैया थप गरिदिने छ ।
मेलामा स्कुटर खरिद गरेमा ग्रहकहरुलाई ५० हजार रुपैयाँसम्म फाइदा हुने कम्पनीको दाबी छ। १५० सि. सि. भेष्पा खरिद गर्ने ग्राहकले ३० हजार नगद छुट वा मूल्यांकनमा ३० हजार थप हुने छ
योसँगै हेलमेट पनि पाइने छ।
भेष्पा स्कुटरमा ३ भल्भ ईन्जिन, ३ कोटेड कलर, मोनोकर्क स्टिल चेसिस, एयरक्राफ्ट सस्पेन्सन र ८ लिटर पेट्रोल भर्न सकिने फ्युल ट्यांकी ं रहेको कम्पनीले जानकारी गरेकोछ ।
भेष्पामा २ वर्ष वा २०,००० कि. मि. सम्पको वारेन्टी र ४ पटक सम्म फ्रि सर्भिसको सुविधा पनि प्रदान गर्ने कम्पनीले जानकारी गरेकोछ ।