असार १६ गते देखि साझाका २० सिटी बस सञ्चालनमा आउने भएका छन्। साझाले यी बसहरुको रुटसमेत पाइसकेको प्रवन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए।
साझाका नयाँ २० बस मध्ये ६ वटा बस नयाँबसपार्क– बालाजुचोक–बनस्थिली–स्वयम्भु–कलंकी–त्रिपुरेश्वर–रत्नपार्क–नयाबानेश्वर–कोटेश्वर–जडिबुटी–पेपसीकोला–पुरानोठिमी–भक्तपुरव्यासी–कमल विनायक –च्यामासिङ–जगाते हुदै सुर्यविनायक पुगेर सोही रुट फर्कनेछ।
त्यस्तै अर्को ६ वटा बस नयाँबसपार्क– बालाजुचोक–बनस्थिली–स्वयम्भु–कलंकी–त्रिपुरेश्वर–रत्नपार्क–नयाबानेश्वर–कोटेश्वर–जडिबुटी–कौशलटार–राधेराधे –कटुङ्जे चोक–सुर्यविनायक च्यामासिङ–कमल विनायक हुदै सोही रुटहुदै फर्कनेछ।
त्यसैगरी अर्को ८ ओटा बस नयाबसपार्क–बसुन्धारा–नारायणगोपाल चोक–चण्डोल–सुकेधारा–चाबेल–गौसाला–एयपोर्ट सिनामंगल– नायाबानेश्वर–थापाथली–कुपण्डोल–जावलाखेल–लगनखेल हुदै सोहीबाटो फर्किनेछ।
यस अघि भक्तपुरमा चल्दै आएको ७ ओटा बसले नयाँ रुट पाएको छ। यी बसहरु त्रिभुवनपार्क–नैकाप–कलंकी–बल्खु–धोविघाट–एकान्तकुना–महालक्ष्मिीचोक–सातदोबाटो–लगनखेल–पाटन हस्पिटल हुदै सोही बाटो फर्किनेछ। त्यसैगरी अन्य पुराना दुई बसलाई लगनखेल–रत्नपार्क हुँदै दक्षिणकालीन जाने र सोही रुट हुँदै फर्किने व्यवस्था मिलाइएको छ।
युरो ४ मापदण्डका यी गाडी ४० भन्दा धेरै सिट क्षमताका छन्। यी बसमा अहिलेको जस्तै एलइडी टिभी, सिसी क्यामरा, समाउन मिल्ने ह्याङ्गर लगायतका सुविधा छन्।
साझाले कार्डमार्फत भुक्तानी हुने व्यवस्था समेत गरेको छ। कार्ड सिस्टमको व्यवस्थाले पारदर्शिता समेत बढ्ने साझाको विश्वास छ।
यी २० बससँगै साझाको बस संख्या ७१ पुगेको छ। हाल साझाका ६ वटा बसले राजधानी बाहिर सेवा दिइरहेका छन्। साझाले उपत्यका बाहिर काठमाडौं– बागलुङ र काठमाडौ–भैरहवामा मा २÷२ वटा बस संचालन गरिरहेको छ।