टाटा मोटर्सको नेपालको लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले गत साता ‘टाटा टियागो एक्सजेड प्लस’ नेपाली बजारमा सार्वजनिक गर्यो।
रेभोट्रोन १.२ लिटर पेट्रोल सिलिन्डर इन्जिन जडित टाटा टियागो एक्सजेड प्लसले ६००० आरपिएममा ८५ पिएस पावर र ३५०० आरपिएममा ११४ एनएम टर्क जेनेरेट गर्छ।
यसको इन्टेरियरमा स्पेशान एन्ड्रोइड अटो र नेभिगेसन सहितको हर्मनको आकर्षक ७ ईन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ।
१८० एम एम ग्राउन्ड क्र्लीयरेन्सल अप्ठेरो बाटोमा पनि उत्कृष्ट प्रदशर्न गर्ने कम्पनीको दावी छ।एक्सजेड प्लसको नयाँ स्पोर्टी १५ ईन्च डुअल टोन एलोय पांग्राहरूले गाडीलाई आकर्षक बनाएको छ।
यसमा इलेक्ट्रिकोल्ली एडजस्ट गर्न र फोल्ड गर्न मिल्ने ओआरभिएम, प्रोजेक्टर हेडल्याम्प,फ्रन्ट ग्रिलमा क्रोम्ड स्ट्रीप भएको, रियर हाई माउण्ट स्टप ल्याम्प र स्टाम्पसहित इन्टिग्रेटेड स्पोइलरले यसलाई अन्य भन्दा भिन्न बनाएको कम्पनीले जनाएको छ।
एक्सजेड प्लसमा इमोबीलाइजर, डुअल फ्रन्ट एअर ब्यागहरू, अधिकतम यात्रु सुरक्षाका लागि इबीडीसहितको एबीयस जस्ता उच्चतम प्राविधिक विशेषताहरू रहेका छन्। त्यसैगरी आरामदायी यात्राको सुनिश्चितता गर्न भेरियन्टहरूमा मल्टीड्राइभ मोडहरू, इलेक्ट्रिक पावर स्टेरिङ तथा एकीकृत रियर नेक रेस्ट जस्ता विशेषताहरू रहेका छन्।
कम्पनीले यसकोृ मूल्य केहीसमयमो लागि विशेष छुट सहित ३१ लाख ५५ हजार निर्धारण गरेको छ।