अशोक लेलैण्डले वातावरणमैत्री यूरो–४ मापदण्डका २० थान ‘ल्यानेक्स स्मार्ट’ सहरी बस साझा यातायातलाई हस्तान्तरण गरेको छ ।
यी बस हस्तान्तरणसँगै कम्पनीले नेपालमा बस बिक्री वितरणको सुरुवात गरेको छ। कम्पनीका अनुसार यी बसले अनिवार्य मापदण्डका अतिरिक्त सुरक्षा प्रदान गर्दछ। इन्जिनमा एक समकालीन –४ सिलिण्डर सिआरएस डीजल क्षमता छ। जसमा इजिआर टेक्नोलोजीसंग टर्बो चार्ज गरिएको इन्टरकुलर पाईन्छ। यसमा अधिकतम ९ सय मिमी फ्लोरको उचाइ, १३० एचपीको अधिकतम शक्ति, सेमी इलिप्टिकल मल्टिलिफ साथै शक अब्जर्बर (अगाडी र पछि), ११५ लिटर ईन्धन टैंक क्षमता रहेको छ।
ऐतिहासिक रुपमा, अशोक लेलैण्डले नयाँ यात्री मैत्री बस समाधानको सफलतापूर्वक वितरण गरिरहेको कम्पनीको भनाइ छ। गाडी यात्री अनुकूल हुनुका साथै चालकमैत्री र पैदल यात्रीको सुरक्षालाई ध्यानमा राखि डिजाइन गरिएको कम्पनीको दाबी छ।
हिन्दुजा ग्रुप अन्तर्गत अशोक लेलैण्ड भारतीय उत्पादक कम्पनी हो। यसको मुख्यालय भारतको चेन्नाईमा छ। १९४८ मा स्थापित यो कम्पनी व्यवसायीक वाहनमा भारतको दोश्रो ठूलो उत्पादक कम्पनी हो।
अशोक लेलैण्डमा यात्री परिवहनको १८ देखि ८० सिट क्षमताका विभिन्न बसहरु रहेका छन्। आइएमई मोटर्सको नेपालका लागि अशोक लेलैण्ड कमर्सियल गाडीहरुको आधिकारिक बिक्रेता हो ।