२० वर्ष पूराना यात्रुबाहक सवारी साधन विस्थापित गर्ने नियम बनाएको सरकारले ल्यान्डरोभर गाडीलाई भने छुट दिने भएको छ। भौति पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै ल्यान्ड रोभर गाडीलाई २० वर्षे मापदण्ड लागू नहुने बताएको छ।
मन्त्रालयले काठमाडौं तथा पोखरा महानगर बाहेकका पहाडी जिल्लामा चलिरहेका त्यस्ता गाडी २० वर्ष पूराना भएपनि चल्न पाउने भएका छन्।
२० वर्ष पुराना यात्रुबाहक गाडी सञ्चालनमा रोक लगाएपछि पहाडी क्षेत्रका व्यवसायीहरुले विरोध गर्दै आएका थिए।