काठमाडौं महानगरपालिकाले चाबहिल,बालाजु र महाराजगञ्जमा पनि पिक एण्ड ड्रपको व्यवस्था गर्ने तयारी थालेको छ।
शहरी सुव्यवस्था विभागका प्रमुख हरिबहादुर कुँवरको संयोजकत्वमा बनेको समितिले चाबहिल,बालाजु र महाराजगञ्जमा पनि पिक एण्ड ड्रप लागू गर्न सिफारिस गरेको छ।
पिक एण्ड ड्रप सवारी जाम निकै कम भएको र सवारी व्यवस्थापनमा पनि सहज भएको कारण अन्य ठाउँमा पनि लागु गर्न खोजिएको कुँवरले जानकारी दिए।
‘सडक विभाग, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, महानगर लगाएतका सरोकारवालाहरुको कमिटीले अध्यन गर्दै छ। सायद यी स्थानहरुमा १ महिना भित्रै पिक अप एण्ड ड्रप लागु हुन्छ,’ कुँवरले सेतोपाटीसगँ भने ‘ स्थानको अभावले कोटेश्वरमा राम्रो सगँ लागू गर्न सकेका छैनौ त्यसकारण हामीले पहिले रिसर्चमा ध्यन दिंदै छौ,।’
यो सँगै काठमाडौंका सबै मुख्य ठाउँमा पिक एण्ड ड्रप लागू गरिने कुँवरले जानकारी दिए।
काठमाडौं महानगरपालिकाले बढ्दो सवारी चापलाई कम गर्न गत पौस १ गते टुँडिखेल आसपासको क्षेत्रबाट पिक एण्ड ड्रप सुरु गरेको थियो। महानगरले यो सँगै कलंकी र कोटेश्वरमा पनि लागू गरेको छ।