नेपालका लागि रेनो गाडीको अधिकृत वितरक एडभान्स अटोमोबाईलले विराटनगरमा पूर्ण सुविधा सहितको २ तल्ले शोरूम संचालनमा ल्याएको छ।
नयाँ शोरुममा रेनोको डस्टर, क्वीड र क्याप्चर गाडीहरु उपलब्ध रहेका छन्। नयाँ शोरुमले ग्राहकहरुलाई सेल्स, सर्भिस तथा स्पेयर पार्टस्को पहुँचलाई सहज कम्पनीको विस्वास छ।
रेनोले देशभरका ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्न आधुनिक तथा नवीनतम प्रविधिहरु ल्याइरहेको एडभान्स अटोमोबाइलका मार्केटिङ म्यानेजर सन्दीप क्षेत्रीले बताए।
‘रेनो देशभरका ग्राहकहरुलाई छिटो तथा थप गुणस्तरीय सेवाहरु प्रदान गर्न प्रतिबद्ध रहेको छ। हामी सदैव ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरिरहेका छौं र ग्राहकहरुको रेनो गाडी प्रतिको बढ्दो मागले हामीलाई यहाँसम्म आइपुग्न उत्प्रेरित गरेको छ,’ उनले भने।
यो शोरुमले समग्र प्रदेश नै विभिन्न तरिकाबाट लाभान्वित हुने एडभान्स अटोमोबाइलका डिलर म्यानेजर विपुल भट्टराईले बताए।