गर्भावस्थाको समयमा भारी वा अप्ठेरो काम गर्न नहुने चिकित्सकहरु बताउँछन्।
गर्भावस्थामा शरीरलाई अप्ठेरो हुने काम गर्नु गर्भवति महिला र बच्चा दुर्वका लागि हानीकारक हुनसक्छ। त्यसैले सवारी साधन चलाउँदा वा यात्रागर्दा हामीले बिषेश सावधानी अपनाउनुपर्ने हुन्छ।गर्भावस्थामा सुरक्षित यात्राका लागि यी सावधानी अपनाउन सकिन्छ।
सिट बेल्ट लगाउँदा ध्यान दिनुस्
प्रेग्नेन्सीको बेला सवारी साधन चलाउँदा वा यात्रागर्दा सिट बेल्ट सही तरिकाले लगाउनुपर्छ । सिट बेल्ट लगाउँदा पेटलाई असर नपर्ने तरिकाले लगाउनु पर्छ। सिटबेल्टलाई आफ्नो गर्धनबाट निकालेर छातिको बिचभागबाट लगाउनु सुरक्षित मानिन्छ।
कम्मरको पछाडि सर्पोट राख्नुहोस्
गर्भावस्थामा धेरै बेरसम्म एउटै पोजिसनमा बस्न नहुने चिकित्सकहरु बताउँछन्। यसै पनि यो बेलामा महिलाहरुलाई ढाड दुख्ने समस्या धेरै आउने गर्छ। तर गाडी चलाउँदा वा गाडीमा यात्रागर्दा एउटै पोजिसनमा धेरै समय बस्नुपर्ने हुनसक्छ।
त्यसैले कम्मरको पछाडि केही कपडाको सर्पोट लगाउनाले बस्नको लागि सहज पोजिसन बनाउन सकिन्छ।
स्टीयरिङ व्हीलसंग दूरी बनाएर बस्नुहोस्
गाडी चलाउँदा स्टेयरिङ व्हीलसँग दूरी बनाउनाले गाडी चलाउनेबेला कुनै किसिकमको दबाबको अनुभव हुँदैन्। अथवा आफूलाई सहज हुने तरिकाले गाडीको सिटलाई अगाडि पछाडि गरेर बस्न सकिन्छ। यस्तो गर्नाले कुनै दुर्घटना हुँदा पनि दबाब पेटमा पर्दैन्।
लोमो दूरीमा जाँदा ध्यान दिनुहोस्
गर्भावस्थामा गाडी चलाएर वा बसेर लामो दूरीको यात्रामा जानुपर्ने बाध्यता छ भने लगातार नहिन्नुहोस्। बाटोमा सानो सानो ब्रेक लिनुहोस् र आराम गर्नुहोस्। वा आफूलाई सहज हुने किसिमको ब्यााम गर्नुहोस्।