साझा यातायातले चल्तीमा ल्याएको यात्राकार्ड ५ सय बढी बिक्री भएको छ।
यात्रालाई नगदरहित गर्ने उदेश्यल करिव ३ महिना अगाडि ल्याइएको यात्रा कार्ड क्रमिक रुपमा यात्रुको रोजाइमा पर्न थालेको साझा यातायातका प्रवन्धक महेन्द्र राज पाण्डेयले जानकारी दिए।
‘यात्रा कार्ड लिनेको संख्या बढ्दो छ, प्रचार–प्रसार बढेसँगै यसको प्रयोग अवश्य बढ्छ,’पाण्डेयले सेतोपाटीसगँ भने।
२ सय रुपैयाँ ब्यालेन्स रहने यो कार्ड साझा यातायातका कन्डक्टर र साझा यातायातको केन्द्रिय कार्यालय पुल्चोकबाट लिन सकिन्छ।
पैसा सकिएपछि रिचार्ज गर्न सकिने पाण्डयेले जानकारी दिए। साझा यातायातले गत १६ गते यात्राकार्डको औपचारिक सुरुवात गरेको थियो।