सरकारले हाइब्रिड गाडी खरिदमा सहुलियत दिने निर्णय गरेको छ। हाइब्रिड गाडी आयातमा ५० प्रतिशत भन्सार र ५० प्रतिशत अन्तशुल्क छुट दिने व्यवस्था आर्थिक ऐन २०७६ मा गरिएको छ।
सरकारले हाइब्रिड गाडी खरिदमा छुट दिने निर्णयसँगै अरवौं राजस्व गुम्न सक्ने भन्दै त्यसको आलोचना भइरहेको छ।
हाइब्रिड गाडी भनेको के हो ?
हाइब्रिड गाडी अन्य गाडीहरुको तुलनामा फरक छ। यसले वातावरणमा समेत सहयोग पुर्याउँदछ। हाइब्रिड गाडी दुई प्रकारको शक्तिको उपयोग गर्ने साधन हो ।
एउटा इलेक्ट्रिकबाट चल्ने र अर्को इन्धनबाट चल्ने।
हाइब्रिड गाडीले इन्धनको खपत कम गर्ने र वातावरणिय पर्यावरणका जोगाउने विज्ञहरुले बताएका छन् । जसका कारण वातावरण सफा हुने दाबी गरिएको छ।
नेपालका लागि हाइब्रिड गाडी किन उपयुक्त छ त , हाइब्रिड गाडी इन्धनको बचत र स्वच्छ पर्यावरणका लागि उपयुक्त हुने अटो ब्यवसायीहरु बताउँछन् ।
इलेक्ट्रिक गाडी नेपालमा भित्रदै क्रम बढ्दै छ। इलेक्ट्रिक गाडी भित्र्याउनका लागि इन्फ्राइस्ट्रक्चर बनाउन समय लाग्ने र त्यसअघि हाइब्रिड गाडी नेपालका लागि उपयुक्त हुने व्यवसायीहरुको तर्क छ।
हाइब्रिड प्रणालीको प्रयोगले कार्बन डाइअक्साइडको उत्र्सजनलाई कम गर्ने दाबी विज्ञहरुले गरेका छन् ।