बजारमा पेट्रोल र डिजलबाट चल्ने गाडीहरु उपलब्ध छन्।
बजारको माग अनुसार निर्माण कम्पनीहरुले दुवै किसिमका गाडी निर्माणगर्दै आएका छन्। कुन छनौट भन्ने हाम्रो आफ्नो निणर्य हो।
गाडी किन्दो गाडीका विषेशता जान्नु आवस्यक हुन्छन्।
गाडी छनौटगर्दा यसको लुक, मूल्य, माइलेज, रिपेयरिङ वा सर्बिसिङ शुल्क, इन्धन खर्च आदि हेरेर छनौटगर्दा आफू सुहाउँदो गाडी छनौट गर्नसक्छौँ।
पेट्रोल र डिजल गाडीका यी तथ्यले आफू सुहाउँदो गाडी छनौटमा सहयोग गर्नसक्छः
मूल्यमा भएको अन्तर
धेरै जसो कम्पनीले ग्राहकको सुविधाका लागि पेट्रोल र डिजलबाट चल्ने गाडीको निमार्ण गर्दै आएका छन्। एउटै कम्पनीका पेट्रोल वा डिजल गाडीको मूल्यमा निकै ठूलो अन्तर रहेको हुन्छ। डिजल गाडी पेट्रोल गाडीको तुलनामा महँगो हुनेगर्छ।
माइलेजमा भएको अन्तर
पेट्रोल गाडीको तुलनामा डिजल गाडीले कढी माइलेज दिन्छ्। जस्तै बलिनो गाडीको पेट्रोल भर्सनले २१.४ किलोमिटर प्रतिघण्टाको माइलेज दिन्छ भने यसको डिजल भर्सनले २७.३९ किलोमिटर प्रतिघण्टाको माइलेज दिन्छ। यसमा करिब ६ किलोमिटर प्रतिघण्टाको माइलेज फरक देखिएको छ।
अन्य कम्पनीका गाडीमा पनि यस्तै किसिमको फरक देख्न सकिन्छ।
सर्भिसिङ मूल्यमा फरक
पेट्रोल गाडीको तुलनामा डिजल गाडीको मेन्टेनेन्स, स्पेयर पार्टस् लगायतको ओभरअल सर्भिसिङमा महंको हुने गरेको छ।
पेट्रोलभन्दा डिजलको मूल्य काम
पेट्रोलको तुलनामा डिजलको मूल्य सस्तो हुन्छ। साथै डिजल गाडीले माइलेज पनि बढी दिन्छ। यो हिसाबले हेर्दा लामो दूरीमा जानुपर्ने छ र डिजल गाडी चलाउन सौखिनलाई डिजल गाडी किन्दा रामो हुन्छ भने किन्दा सस्तो,मेन्टेनेन्स खर्च कम चाहने र पेट्रोल गाडी मन पराउनेहरुको रोजाइमा यो उपयुक्त हुनसक्छ।