नेपालका लागि हुण्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ६ महिना अगाडि इलेक्ट्रिक एसयुभी ‘कोना’ सार्वजनिक गर्यो।
सार्वजनिक भएदेखि कोनाको लोकप्रियता र सेल्स बढ्दो क्रममा रहेको कम्पनीले दावी गरेको छ।
कोनाले इलेक्ट्रिक भेइकलको कमि–कमजोरी हटाउनुको साथै विश्वास समेत बढाएको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीका डिलरसिप हेड दिवाकर रेग्मीको दावी छ।
‘नेपालमा आएको धेरै इलेक्ट्रिक भेइकलमा धेरै कम्प्रोमाइज गर्नु पर्ने हुन्थ्यो तर यसले त्यो समस्या हटाएको छ। विगतमा सेकेन्डरी कारको रुपमा प्रयोग गरिने इलेक्ट्रिक भेइकललाई कोनाले दैनिक रुपमा प्रयोग गर्न सकिने छाप छोडेको छ’ उनले भने।
कोना ३९.२ किलोवाट आवर र ६४ किलोवाट आवर व्याट्री प्याक अप्सनमा उपलब्ध छ। ३९.२ किलोवाट आवरको कोनाले १०० किलोवाट पावर र ३९५ एनएम टर्क दिन्छ। त्यस्तै ६४ किलोवाट आवरको कोना १५० किलोवाट पावर ३९५ एनएम टर्क जेनेरेट गर्ने कम्पनीको दावी छ।
३९.२ किलोवाट आवरको ब्याट्री प्याकको कोनाले फुल चार्जमा ३९.२ युनिट खपत गर्छ भने ३०० किलोमिटर गुड्न सक्छ। त्यसैगरी ६४ किलोवाट आवर ब्याट्री प्याकको कोनाले फुल चार्जमा ६४ युनिट खपत गर्ने र ४ सय ५० किलोमिटर गुडन सक्ने कम्पनीको दावी छ।
यी दुवै अप्सनका कोनामा प्रिमियम गाडीमा हुने फिचर समावेस गरिएको रेग्मीले जानकारी दिए।
कम्पनीले यसको एक्टि रियर लाई रिप्रेसिङ लुक्स दिएको छ। यो टु टोन बडी कलर, एलइडी पोजिसनिङ ल्याम्प, अगाडी र पछाडि एलइडी ल्याम्प, रुफ र्याक, रियर स्पोयलर विथ हाई माउण्ट स्टप ल्याम्प, इलेक्ट्रिकल्ली एड्जस्ट र फोल्ड गर्न मिल्ले आउट साइड मिरर, १७ इन्चको एलोय ह्विल लगाएतले सुसज्जित छ।
त्यस्तै यसमा ७ इन्चको फ्लोटिङ टच स्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, कप होल्डर सहितको रियर आर्मरेस्ट, पावर सिट, स्मार्ट फोन कनेक्टीभिटी, स्मार्ट कि र पुस बटन स्र्टाट, वायर लेस फोन चार्जर लगायत फिचर्स समावेस छन्।
सुरक्षाको लागि यसमा ६ वटा एयरब्याग, एबिएस विथ इबिडी, इलेक्ट्रोनिक स्ट्याविलिटी कन्ट्रोल, क्रुज कन्ट्रोल, रियर क्यामरा, रिजर्भ पार्किङ सेन्सर, हिल असिस्ट कन्ट्रोल लगाएतका फिचर्स छन्।
कोनाका उच्च गुणस्तरको स्टिल प्रयोग भएको कम्पनीले जनाएको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले ३९.२ किलोवार्ट आवरको कोनाको मूल्य ५५ लाख ९६ हजार र ६४ किलोवाट आवरको कोनाको ६५ लाख ९६ हजार मूल्य निर्धारण गरेको छ। ग्राहकको सुविधाको लागि कम्पनीले ४ वर्षको फ्रि सर्भिसिङ, ३ वर्षको भेइकल वारेन्टी, व्याट्रीमा ८ वर्षको वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी प्रदान गरेको छ।
भिडिओ