१०० सिसी इन्जिन क्षमता भएका बाइकहरु नेपालमा पनि धेरै मनपराइएको बाइकहरुमा पर्छन्।
किनभने यी बाइकहरुको मूल्य अन्य बाइकहरुको तुलनामा सस्तो र माइलेजको मामिलामा दमदार छन्।
यी हुन् १०० किलोमिटर प्रतिघण्टाको माइलेज दिने ५ बाइकहरु
बजाज प्लेटिना
बढी माइलेज खोज्ने ग्राहकको लागि यो बाइक उत्तम बिकल्प हो। यसले १०४ किलोमिटर प्रतिघण्टाको माइलेज दिने कम्पनीको भनाइ छ। यो बाइकलाई नयाँ लुक दिनको लागि कम्पनीले समय सयममा यसको डिजाइनमा समेत परिवर्तन गर्दैआएको छ।
बजाज सिटी१००
प्लेटिना बाइकपछिको राम्रो माइलेज दिने बाइकमा बजाज सिटी१०० बाइक रहेको छ। यो बाइकले आफ्नो सेग्मेन्टमै सबैभन्दा बढी माइलेज दिने कम्पनीको भनाइ छ।
यो किन्दा सस्तो र उच्च माइलेज दिने बाइकमा पर्छ। यसको आकर्षण भनेकै पर्फमेन्स र माइलेज नै हो। यसमा भएको १०० सिसी इन्जनले ८.०५ एनएमको टर्क दिन्छ भने बाइकमा चार स्पिड गियर दिइएको छ। यो बाइकले एक लिटर पेट्रोलमा ९९.१० किलोमिटर माइलेज दिने कम्पनीको भनाइ छ।
टिभीएस स्पोर्ट
टिभीएसको स्पोर्टले एक लिटर पेट्रोलमा ९५ किलोमिटर प्रतिघण्टाको माइलेज दिन्छ। यसमा भएको १०० सिसी इन्जनले ७.८ पिएस पावर र ७.८ एनएमको टर्क जेनेरेट गर्छ। यो टिभीएसको सबैभन्दा बढी माइलेज दिने बाइक हो।
हिरो स्प्लेंडर प्रो
यो बाइकमा ९७.२ सिसीको इन्जन रहेको छ। जसले ८.३६ पिएसको पावर र ८.०५ टर्क जेनेरेट गर्नेगर्छ। यो बाइकले एक लिटर पेट्रोलमा ९३.२ किलोमिटर प्रतिघण्टाको माइलेज दिन्छ। यसको टप स्पिड भनेको ८७ किलोमिटर प्रतिघण्टा रहेको छ।
हिरो एचएफ डिलक्स इको
हिरो एचएफ डिलक्स इकोले ८२ किलोमिटर प्रतिघण्टाको माइलेज दिन्छ। यसमा १०० सिसीको इन्जन राखिएको छ। जसले ८.३६ पिएसको पावर र ८.०५ एनएम टर्क जेनेरेट गर्छ। ४ स्पिड गियर भएको यो बाइकको टप स्पिड ८८.५६ किलोमिटर प्रतिघण्टा छ।