गाडी किन्दा हामीले खोज्ने फिचर्सहरुमध्ये यसले दिने माइलेज पनि एक हो।
बढी माइलेज दिने गाडी उपभोक्ताको रोजाइमा पर्ने भएकाले निमार्ण कम्पनीले पनि यस्ता किसिमका गाडी निमार्णमा जोड दिएको पाइन्छ। तपाई पनि सस्तो मूल्यमा बढी माइलेज दिने गाडी किन्ने सोचमा हुनुहुन्छ भने यो जानकारी तपाईका लागि हुनसक्छ:
मारुति सुजुकी अल्टो
माइलेजको हिसाबले मारुति सुजुकी अल्टो८०० राम्रो मानिन्छ। यसले एक लिटर पेट्रोलमा २४.७ किलोमिटर माइलेज दिन्छ। यो गाडीमा ७९६ सिसीको इन्जन दिइएको छ। जसले ४७ बिएचपी पावर र ६९ न्यूटन मीटर टर्क जेनेरेट गर्छ।
मारुति सुजुकी अल्टो के१०
मारुति सुजुकी अल्टो के१० ले २३.९५ किलोमिटर प्रतिघण्टाको माइलेज दिन्छ। यो गाडीको इन्जनले ६७ बिएचपी पावर र ९० न्यूटन मिटरको टर्क जेनेरेट गर्ने कम्पनीको भनाइ छ।
टाटा टिआगो
माइलेजको लागि यो गाडी पनि किफायति मानिन्छ। कम्पनीले प्रतिलिटर पेट्रोलमा २७.२ किलोमिटर माइलेजको दाबी गरेको छ।
यो गाडीमा १.२ लिटर पेट्रोल र ३ सिलेंंडर इन्जन दिइएको छ। जसले ८५ पिएसको पावर र ११४ न्यूटन मीटरको टर्क जेनेरेट गर्छ।
रेनाल्ट क्विड
रेनाल्ट क्विडमा रहेको १ लिटर इन्जन भेरियन्टले प्रतिलिटर २३.०१ किलोमिटरको माइलेज दिन्छ भने ०.८ लिटर इन्जन भेरियन्टमा प्रतिलिटर पेट्रोलले २५.१७ किलोमिटर माइलेज दिन्छ।
यसमा भएको ९९९ सिसीको इन्जनले ६७ बिपिएच पावर जेनेरेट गर्छ भने ९१ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ।
डेट्सन रेडी गो
माइलेजको लागि डेट्सन रेडी गो पनि राम्रो बिकल्प हो। यसले एक लिटर पेट्रोलमा २२.७ किलोमिटर माइलेज दिन्छ। इन्जन र पावरको कुरागर्दा यसमा ७९९ सिसीको ३ सिलेन्डर इन्जन दिइएको छ भने ५३.६४ बिपीएच पावर जेनेरेट गर्छ। यसले ७२ न्यूटनको टर्क जेनेरेट गर्छ।