नेपालका लागि कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले विद्युतीय सियुभी निरो इलेक्ट्रिक भेइकल(इभी) सार्वजनिक गरेको छ।
विगत देखिनै नेपालमा विद्युतीय गाडी विक्रीगर्दै आएको कन्टिनेन्टल ट्रेडिङले गत १५ जुलाईदेखि निरो नेपालमा सार्वजनिक गरेको हो।
६४ किलोवाटको ब्याट्री दिइएको निरोमा १५० किलोवाटको मोटर जडित छ। यसले २०४ पिएस पावर र ३९५ एनएम टर्क जेनेरेट गर्छ। निरो सिङ्गल चार्जमा ४ सय ८० किलोमिटरसम्म गुड्न सक्ने कम्पनीको दावी छ।
यात्रुको सुरक्षाको लागि यसको बडी एड्भान्स हाइ स्ट्रेन्थ स्टिलबाट बनाइएको कम्पनीको दावी छ। यसमा ७ ओटा एयर ब्याग छन्। त्यस्तै यसमा एबिएस, इबिडी ,इलेक्ट्रनिक स्ट्याविलिटी कन्ट्रोल, भेइकल स्ट्याविलिटी म्यानेज्मेन्ट, हिल असिस्ट कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल लगायतका धेरै सेफ्टी फिचर्सहरु समावेस गरिएको कम्पनी असिस्टेन्ट जनरल म्यानेजर अनिश लामिछानेले जानकारी दिए।
यसमा इन्टेरियर स्पिेसियस भएकोले लामो दूरीको यात्राको लागि सहज हुन्छ। यसमा प्रोजेक्टर हेडल्याम्प, फुल एलइडी ब्याक लाइट दिइएको छ।
निरोमा रहेको सन रुपलले गाडीलाई झनै आकर्षक बनाएको छ। लेदर इटेरियरले निरोलाई प्रिमियम लुक्स दिएको छ।
यसमा इलेक्ट्रिक फोल्डिङ मिरर, प्रन्ट पार्किङ सेन्सर, ड्राइभरको लागि नि एयर ब्याग, एप्पल कार प्ले, एन्ड्रोइड अटो, वायर लेस चार्जर लगायतका धेरै फिचर्स रहेको लामिछानेले जानकारी दिए। ५ सिट क्षमताको निरोको ४५१ लिटरको बुट स्पेस भएपनि प्यासेन्जर सिट लामो भएकोले बस्न सजिलो हुने उनको दावी छ।
चार्जिङको लागि कम्पनीले गाडीसँगै एडेप्टर उपलब्ध गराउँछ जो घरको सामान्य प्लगमा जोड्न सकिने कम्पनीले जनाएको छ। ६४ किलोवाटको ब्याट्री भएकोले चार्जगर्न केही समय लाग्छ। यो चार्जरले व्याट्री फुल गर्न २४ घण्टा लाग्ने लामिछानेले जानकारी दिए।
‘४ सय ८० किलोमिटरसम्म चल्ने भएकोले सामान्यतया चार्ज आधा सकिँदै चार्ज गर्न सकिन्छ। फास्ट चार्जिङ स्टेशनको लागि कम्पनीले तयारी गरिरहेको छ,’ लामिछानेले सेतोपाटीसगँ भने।
कम्पनीले कुरिनटारमा फास्ट डिसी चार्जर राखिसकेको छ भने देशका अन्य प्रमुख ठाउँमा राख्ने तयारी भइरहेको कम्पनीले जनाएको छ।
फास्ट डिसी चार्जरले १ घण्टा १० मिनेटमा निरोे फूल चार्ज हुने उनले दावी गरे। कम्पनीले यसको मूल्य ६६ लाख ९० हजार निर्धारण गरेको छ।
निरोे खरिदगर्दा ग्राहकले कुनै शकां गर्नु नपर्ने लामिछानेको भनाइ छ। ‘निरोको खरिदमा हामी ७ वर्षको व्याट्री वारेन्टी दिन्छौँ। यसमा १ सय ९६ ओटा छुट्टाछुट्टै सेल हुने भएकोले एर्कै पटक धेरै बिग्रने भन्ने हुँदैन। बिग्रेको सेलमात्र फेर्न मिल्छ,’ उनले भने। निरोको बुकिङ, भिजिटर रेस्पोन्स उत्साहजनक रहेको उनले जानकारी दिए।