नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले रुपान्तरित यातायात सेवा शुभारम्भ गरेको छ।
राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै रुपान्तरित यातायात सेवा शुभारम्भ भएको घोषणा गरेको हो। सिन्डीकेटको अन्त्यपछि नेपालको यातायात क्षेत्रले एक बर्षमै फड्को मारेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले दावी गरे।
महासंघको कम्पनीमा जान राजी हुनु सकारात्मक कदम भएको भन्दै सरकारले व्यवसायीको जायज माग सम्बोधन गर्दै अघि बढ्ने उनले बताए।
यो रुपान्तरणले नेपालको यातायात क्षेत्रलाई नयाँ अयाम दिने महासघंका माहासचिव सरोज सिटौलाको भनाइ छ।
सरकारले भने बमोजिम आफूहरु रुपान्तरित भए पनि बीमा, भाडा, सडक दस्तुर लगायतको कुरामा सरकारले व्यससायीलाई सहजीकरण गरिदिनुपर्ने महासघंका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यको भनाइ छ।