अहिले देशका विभिन्न भागमा वर्षा भइरहेको छ।
वर्षातको समयमा सडकको खाल्टाहरूमा जमेको पानीले हाम्रो गाडीको इञ्जिनलाई नोक्सान गर्नसक्छ। वर्षातको समयमा ड्राइभिङ गर्दा बाहिरको दृश्य राम्रोसँग नदेखिने र सडकका खाल्टामा पानी जम्ने समस्याका कारणले गाडी चलाउन विशेष सावधानी अपनाउनुपर्ने हुन्छ। वर्षातको समयमा गाडी चलाउँदा यी सावधानी अपनाए गाडी छिटो बिग्रनबाट बचाउन सकिन्छ।
पानी जमेको ठाउँमा नराख्नुस् गाडी
वर्षातका बेला सडकका खाल्टामा मात्रै हैन, गाडी पार्किङ गर्ने ठाउँमा समेत पानी जमेको हुन्छ। यस्तो बेला सकेसम्म पानी नभएको सुक्खा ठाउँमा गाडी पार्किङ गर्नु गाडीको लागि राम्रो हुन्छ।
पानी जमेको ठाउँमा पार्क गर्नाले पानी गाडीको भित्री भागमा समेत पर्नसक्छ । जुनकारणले गाडीको इन्जन समेत बिग्रनसक्छ।
पानी जमेको ठाउँमा गाडी बन्द भए त्यहाँ रिस्टार्ट नगर्नुहोस्
कहिलेकाहीँ गडी धेरै पानी जमेको ठाउँमा पनि राख्नुपर्ने वा चलाउनुपर्ने हुनसक्छ। गाडीको इन्जनसम्म पानी आउनेगरी गाडी पानीमा छ भने त्यस्तो ठाउँमा स्टार्ट बन्द भए त्यही ठाउँमा गाडी रिस्टार्टगर्दा पानी गाडीको इन्जन भित्र पस्नसक्छ।
त्यसैले इन्जिनसम्म पानी पुगेको ठाउँमा बन्द भएको गाडीलाई धक्का लगाएर त्यहाँबाट बाहिर निकालेर मात्र स्टार्ट गर्नु राम्रो हुन्छ। पानीमै गाडी स्टार्टगर्दा गाडीको इन्जनमा समस्या आउनसक्छ।
कम स्पिडमा ड्राइभ गर्नुहोस्
पानी भएको सडकमा गाडी चलाउँदा कम स्पिडमा गाडी चलाउनुहोस्। यस्तोबेला सकेसम्म पहिलो गियरमा गाडी चलाउनु राम्रो हुन्छ। यसले गाडीको इन्जनलाई सुरक्षित राख्नुका साथै इमरजेन्सी ब्रेक लगाउन पनि सहज हुन्छ।